पत्रपत्रिका
थप ५० लाख खोप किनिँदै
सोमबार, १७ फागुन २०७७, ०६ : १८
सरकारले कोरोनाभाइरसविरुद्धको कोभिसिल्ड खोप थप ५० लाख डोज खरिद प्रक्रिया अगाडि बढाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले खरिद प्रक्रिया सुरु गरिएको जानकारी दिए ।
त्यसपछि कोभ्याक्स सुविधाअन्तर्गत प्राप्त हुने खोप उपलब्ध गराइनेछ । त्यसले २० प्रतिशत जनसंख्यालाई पुग्ने जनाइएको छ । दोस्रो पटक कति मूल्यमा खोप खरिद गर्न लागिएको भन्ने यकिन भइसकेको छैन । ‘सेयरजस्तै उत्पादन कम्पनीले खोप मूल्य बढाउन पनि सक्छन् । तर, हामीले बजारको मूल्यभन्दा सस्तोमा पनि खरिद गर्न सक्छौँ,’ सचिव अर्यालले भने ।
यसअघि भारतको सेरम इन्स्टिच्युटसँग चार डलरका दरमा २० लाख डोज खरिद गर्ने सम्झौता भएको थियो । अग्रिम भुक्तानी गरिएको उक्त खोप १० लाख डोज मात्र ल्याइएको छ ।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप ल्याइयो
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार
-
सुपर–४ चरणमा आज श्रीलङ्कासँग भिड्दै नेपाल
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)