
पूर्वमन्त्री योगेश भट्टराई सवार गाडीको ठक्करबाट साइकलयात्री घाइते

काठमाडौं । पूर्वमन्त्री योगेश भट्टराई चढेको गाडीले साइकल यात्रीलाई ठक्कर दिएको छ । रौतहटको चन्द्रनिगाहापुरमा भट्टराई चढेको गाडीले ठक्कर दिँदा ५५ वर्षीय इन्द्रपसाद घिमिरे घाइते भएका छन् । उनलाई उपचारका लागि काठमाडौं पठाइएको रौतहटका प्रहरी उपरीक्षक (एसपी) सिद्धिबिक्रम शाहले रातोपाटीलाई बताए ।
उपचारमा नेकपा प्रचण्ड–माधव समूहका नेता योगेश भट्टरार्ईले चासो देखाएका छन् । प्रदेश–२ सरकार जनकपुरको ज.१ झ ४२७ नम्बरको सो गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । ‘गाडी चालक पनि हाम्रो नियन्त्रणमा छन्’ एसपी शाहले भने– ‘घाइतेको शरीरको पछाडिको भागमा चोट लागेको छ ।’ गाडी धरमदास महतोले चलाएका थिए । भट्टराई जनकपुरबाट हेटौंडातर्फ जाँदै गर्दा साँझ सवा ७ बजे सो दुर्घटना भएको थियो ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ