
किशोरीको अकाउन्टमा ‘काकाबाट बलात्कृत’ भएको सन्देश राख्ने फेसबुकका साथी

काठमाडौं । काठमाडौंको साँखु घर भएकी १८ बर्षीया किशोरीको फेसबुक अकाउन्टबाट फागुन १३ मा ‘एका घरका पुरुषबाट आफु बलात्कृत भएको’ सन्देश पोष्ट भयो । सन्देशमा आफनै काकाले बलात्कार गरेको र सो घटना बाहिर नलान दबाब दिइएको भन्दै सहयोगको याचना गरिएको थियो । तर, सो सन्देश छोरीले नराखेको किशोरीका बाबुले बताएका छन् ।
किशोरीका बाबुले रातोपाटीसँग सो सन्देशले परिवार नै स्तब्ध भएको जानकारी दिँदै भने, ‘अर्कैले छोरीको नामको आइडीबाट पोष्ट गरिदिएको रहेछ ।’
सो सन्देश हटाउन र कसुरमा संलग्नलाई कारवाही गर्न पीडित परिवारले नेपाल प्रहरीको साइबर ब्युरोमा निवेदन दिएका छन् । ‘साइबर ब्युरोमा उजुरी दिएका छौं’ किशोरीका बुबाले रातोपाटीसँग भने ।
करिब ९ महिनाअघि सामाजिक संजालमा चिनजान भएका एकजना केटा साथीसँग किशोरीले इन्स्टाग्राममा बुवाका बहिनीको पासवर्ड सेयर गरेकी थिइन् । ‘मुम्बई मा छु’ भन्ने ति युवाले सो आइडीमा किशोरीको नाम राखेर गलत सन्देश पोष्ट गरेका हुन् ।
सामाजिक संजाल (फेसबुक)मा लेखिएको लामो स्टाटसमा भनिएको छ, ‘एक बर्ष पहिले काकाले दुई पटक बलात्कार गरेका थिए ।’ बलात्कार गरेको कुरा कसैलाई नभन्न धम्की दिएको र बुबाले पनि पारिवारीक कुरा भएको हुनाले बाहिर नभन्न भनेको उल्लेख गरिएको छ ।
आरोपीले उनलाई विदेशमा लैजान खोजेको आरोप असत्य भएको परिवारले बताएका छन् । सामाजिक संलाजको सो पोष्टबारे महानगरीय प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ ।
‘किशोरीको नामको आइडी बनाएर गलत पोष्ट गरेको खुलेको छ’ महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले भने, ‘साइबर ब्युरोमा पीडितले उजुरी गरेका छन् ।’
सामाजिक संजालमा सो कुरा सार्वजनिक गरेपछि आफ्नो ज्यान खतरामा रहेको उल्लेख गर्दै सो पोष्टमा आफुलाई घर बाहिर निकाल्न आग्रह गरिएको छ । संजालमा प्रहरीकहाँ जाहेरी दिन आग्रह गरेर थुप्रै कमेन्ट गरिएका छन् । साइबर ब्यूरोले सो पोष्ट हटाइदिन फेसबुकलाई पत्राचार गरेको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ