
तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहलका नायब सुब्बा नरेन्द्र चन्दसहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । चन्दले सेवाग्राहीलाई फर्म दर्ता प्रमाणपत्र लिनका लागि लेखापढी काम गर्ने रामबाबु दाहाललाई भेट्नु भन्दै रु आठ हजार घुस दिन लगाएको पाइएको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार आयोगले अर्जुन सुवेदी, नरेन्द्रबहादुर चन्द र रामबाबु दाहालविरुद्ध नै समान बिगो कायम गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको हो । आयोगले सप्तरी, कञ्चनरुप नगरपालिका–४ नापी कार्यालयका निमित्त कार्यालय प्रमुख हरिशचन्द्र ठाकुर र लेखनदास अरुणकुमार यादव विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । सेवाग्राहीको जग्गा कित्ताकाट गर्ने कामका लागि रु १५ हजार घुस लिएको आरोप लागेको छ ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ