बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

आलियाले सार्वजनिक गरिन् ‘गंगुबाई काठियावाडी’ को नयाँ लुक्स

आइतबार, १६ फागुन २०७७, १९ : ३२
आइतबार, १६ फागुन २०७७

मुम्बई । अभिनेत्री आलिया भट्ट पछिल्लो समय फिल्म ‘गंगुबाई काठियावाडी’ को कारणले चर्चामा रहेकी छन् । निर्देशक सञ्जयलीला भञ्सालीले फिल्मको टीजर आफ्नो जन्मदिनको अवसर पारेर सार्वजनिक गरेका थिए । जसमा रहेको आलियाको लुक्स निकै मन पराइएको थियो ।

अहिले अभिनेत्री आलियाले फिल्मको एक पोस्टर समेत सार्वजनिक गरेकी छन् । जुन भाइरल भैरहेको छ । आलियाले फिल्मका न्यु पोस्टर शेयर गर्दै फ्यानलाई अन्यवाद समेत दिएकी छन् । ‘तपाईहरुले गंगुलाई निकै माया दिनुभयो । त्यसको लागि धन्यवाद’ आलियाले लेखेकी छन् । 

पोष्टरमा सेतो साडीमा गंगुबाई बनेकी आलिया गाडीको अगाडि बसेर तस्बिर पोज दिएकी छन् । उनको साथमा एक पर्स देख्न सकिन्छ । फ्यानले आलियाको यो लुक्सलाई  समेत मनपराएका छन् । केन्टमा उनको तारिफ गरेका छन् ।
आलियाको यो फिल्म ‘गंगुबाई काठियावाडी’ बुक ‘द माफिया क्वीन अफ मुम्बई’मा आधारित रहेको छ । हुसैन जैदीले यस कितावलाई लेखेका हुन् । सञ्जयलीला भंसालीको निर्देशन रहेको फिल्म ३० जुलाईमा पर्दामा रिलिज हुँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप