प्रतिनिधिसभा बैठकअघि सांसदहरुलाई कोरोना खोप लगाउने तयारी
आइतबार, १६ फागुन २०७७, १९ : २१

काठमाडौं । आगामी फागुन २३ गते बस्ने प्रतिनिधिसभाको बैठकको पूर्वसन्ध्यामा सांसदहरुलाई कोरोना विरुद्धको खोप लगाउने तयारी गरिएको छ । काठमाडौंको सिभिल अस्पतालमा फागुन १९, २० र २१ गते बिहान १० बजेदेखि ४ बजेसम्म खोप लगाउने तयारी गरिएको संघीय संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले रातोपाटीलाई जानकारी दिए ।
बिहान १० बजेदेखि ४ बजेसम्म सबै सांसदहरु र कर्मचारीहरुलाई खोप लगाउने तयारी भएको छ । यसबारे सबै सांसद तथा कर्मचारीलाई सचिवालयले खोप लगाउन जानकारी समेत गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ वर्षको शुभकामना दिँदै प्रचण्डले भने, ‘सरकारले दलाल र विचौलिकायो पक्षमा निर्णय लिँदा जनआक्रोश बढ्यो’
-
चरिकोटमा ‘सडकमा खाऊँ, सडकमै रमाऊँ’महोत्सव
-
‘एभियोट्रेस नेपाल स्कुल अफ टेक्नोलोजी’ विरुद्ध उच्च अदालत पाटनमा रिट
-
परराष्ट्रमन्त्रीसहित १५ देशका राजदूत कन्याममा
-
पूर्वराजा ज्ञानेन्द्र र मोदीको भारतमै विरोध
-
मण्डलामा सुनिए मञ्जुल, अभि सुवेदी र एलिसा एकलास