
ADVERTISEMENT
प्रतिनिधिसभा बैठकअघि सांसदहरुलाई कोरोना खोप लगाउने तयारी

आगामी फागुन २३ गते बस्ने प्रतिनिधि सभाको बैठकको पूर्वसन्ध्यामा सांसदहरुलाई कोरोना विरुद्धको खोप लगाउने तयारी गरिएको छ ।
काठमाडौंको सिभिल अस्पतालमा फागुन १९, २० र २१ गते बिहान १० बजेदेखि ४ बजेसम्म खोप लगाउने तयारी गरिएको संघीय संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले रातोपाटीलाई जानकारी दिए । बिहान १० बजेदेखि ४ बजेसम्म सबै सांसदहरु र कर्मचारीहरुलाई खोप लगाउने तयारी भएको छ ।
यसबारे सबै सांसद तथा कर्मचारीलाई सचिवालयले खोप लगाउन जानकारी समेत गराएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ