बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

थप ७८ जनामा कोरोना पुष्टि

आइतबार, १६ फागुन २०७७, १९ : १७
आइतबार, १६ फागुन २०७७

थप ७८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख ७४ हजार १४३ पुगेको छ । 

थप दुई हजार ५३२ जनाको पिसिआर परीक्षण गरिएको थियो । हालसम्म पिसिआर परीक्षण गराउनेको सङ्ख्या २१ लाख ६२ हजार ९३६ जना पुगेको छ ।  

 स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म दुई लाख ७० हजार ४०७ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । 

पछिल्लो २४ घण्टामा देशभर ८२ सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर ९६२ सक्रिय सङ्क्रमित रहेका छन् ।    

एक सङ्क्रमितको मृत्यु  

नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ । हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट मर्नेको सङ्ख्या दुई हजार ७७४ पुगेको मन्त्रालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप