कुमारी बैंक र केजीएच ग्रुप बीच सहकार्य
आइतबार, १६ फागुन २०७७, १८ : ५९
काठमाडौं । कुमारी बैंक लिमिटेड र के.जी.एच. ग्रुप बीच होटलका विशेष सेवाहरुमा कुमारी बैंकका डेबिट क्रेडिट कार्डवाहकहरुलाई विशेष छुटको प्रावधान सम्बन्धी सम्झौता भएको छ ।
जिन्दगीको निरन्तर भागदौडमा थकित तन र मनलाई क्रियाशिल राख्न शारीरिक स्फूर्ति एवं मानसिक उर्जा र सचेतना पूर्ण जागरणका लागि विश्राम अत्यावश्यक रहेको छ ।
सोही कुरालाई मध्यनजर गर्दै, कुमारी बैंकले आफ्ना ग्राहकहरूलाई यस सहकार्य मार्फत के.जी.एच. ग्रुपअन्तर्गतका होटेल, यात्रा एजेन्ट र संग्रहालय सेवाहरुमा आकर्षक छुटको प्रावधान मिलाएको छ ।
बैंकका डेबिड/क्रेडिट कार्डवाहकहरुले उक्त के.जी.एच. ग्रुप अन्तर्गतका होटेल रेस्टुरेन्टहरुमा खानपानमा, स्पा सुविधाहरुमा र संग्रहालय शुल्कमा १०% सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद