शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मेची–महाकाली बुहारी संयुक्त आवाज अभियान : शैक्षिक सामग्री बितरणसँगै अक्षयकोष स्थापना

आइतबार, १६ फागुन २०७७, १८ : ५०
आइतबार, १६ फागुन २०७७

बुटवल । मेची–महाकाली बुहारी संयुक्त आवाज लुम्बिनी प्रदेशका तीन जिल्ला कपिलवस्तु ,रुपन्देही र पाल्पाको संयुक्त आयोजनामा पाल्पाको रैनादेवी छहरा गाँउपालिका वडा ७ बल्डेङ्गढी रहेको श्री गहते माध्यमिक विद्यालयमा बाल यौन हिंसा न्यूनिकरण सम्बन्धी सचेतना कार्यक्रम तथा ब्याग, स्टेशनरी र शैक्षिक सामग्री बितरण कार्यक्रम गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका पुर्व गभर्नर अर्थविद् डा.चिरञ्जीवी नेपालले १४० जना बिद्यार्थीहरुका लागी आवश्यक कपि, कलम , मास्क र १४० थान व्याग लगायतका सामग्री विद्यालयका प्रधानाध्यापक भोज प्रसाद खड्कालाई प्रदान गर्नु  गरेका थिए ।

अर्थविद नेपालले  मेची–महाकाली बुहारी संयुक्त आवाजले अहिले देशव्यापी रुपमा आवाज विहिनहरुको आवाजलाई बुलन्द पार्दै अन्यायका बिरुद्ध न्यायका लागि देशका कुना कन्दरा बाट गरेकामा प्रशंसा गरेका थिए ।  उनले पछिल्ला समय विभिन्न सामाजिक संजाल प्रयोगकर्ता हरुले समाजिक संजालको दुरुपयोग  गर्दा समाजमा विकृतिसँगै हिंसा बृद्धि भएको बताए ।

त्यस्तै मेची–महाकाली बुहारी संयुक्त आवाजका केन्द्रीय सल्लाहकार सुर्यहरी मरहठ्ठाले महिला तथा बालबालिका र  लैङ्गिक हिंसा विरुद्ध निरन्तर खटिरहने प्रतिबद्धता समेत व्यक्त गरिन् ।

लुम्बिनी प्रदेश संयोजक लता खड्काद्वारा  नारायण राधा खड्का मेची महाकाली संयुक्त आवाज लुम्बिनी प्रदेश नामक एक लाखको अक्षय कोषको समेत स्थापना गरेको बताइन् ।

संयोजक खड्काले कुनै पनि बालबालिका शिक्षाको पहुँचबाट बञ्चित हुन नपरोस् र शिक्षामा प्रेरित गर्ने उद्देश्यका साथ आफ्ना बुवा आमाको नाममा उक्त विद्यालयमा अक्षय कोषको समेत स्थापना गरेको बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप