ad
केन्द्रीय संस्करण

प्रचण्ड–नेपाल पक्षतिर लागे ओली निकट केन्द्रीय सदस्य

person explore access_timeफागुन १६, २०७७ chat_bubble_outline0

काठमाडौं । नेकपा ओली समूह छाडेर ताज मोहम्मद मियाँ प्रचण्ड–नेपाल पक्षमा लागेका छन् ।  नेपाल कम्युनिष्ट पार्टीको दुई तिहाई सरकार हुँदाहुँदै प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेर गल्ती गरेको भन्दै ओली समूहका केन्द्रीय सदस्य मियाँ प्रचण्ड–नेपाल पक्षमा प्रवेश गरेका हुन् ।  उनलाई नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेकपामा स्वागत गरेका छन् ।  मिया हज कमिटीका पूर्व अध्यक्ष पनि हुन् । 

​मियाँले आइतबार एक विज्ञप्ति जारी गर्दै नेकपाको प्रचण्ड–नेपाल समूहमा फर्किनुका कारण खुलाएका छन् । उनले भनेका छन्,‘नेकपाको विधान विपरित पार्टीको अल्पमत पक्षले नियुक्त गरेको केन्द्रीय समिति सदस्य पद आजैका दिनबाट परित्याग गरी कम्युनिस्ट आन्दोलनको एकता,संविधानको कार्यन्वयन र जनताको सम्मृद्धिको आकांक्षालाई विधिसम्मत रुपमा पुरा गर्ने युगिन जिम्मेवारी पुरा गर्न पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेतृत्व गर्नुभएको नेकपाको मूलधारमा रहेर आफ्नो भूमिका निर्वाह गर्ने घोषणा गर्दछु ।’ 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.