बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

विप्लवसँग छिट्टै वार्ता गर्छौँ : प्रधानमन्त्री ओली

आइतबार, १६ फागुन २०७७, १६ : १०
आइतबार, १६ फागुन २०७७

 प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबन्धित नेकपा विप्लव समूहसँग चाँडै वार्ता गर्ने बताएका छन् । आइतबार झापामा नेपाल–चीन मैत्री औद्योगिक पार्क शिलान्यास समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । 

‘तपाईंहरुलाई खुशीको खवर छ । अब शान्तिको सम्बन्धमा अलिअलि समस्या रहेको ठानिएको विप्लव समूहको समस्याको पनि हामी छिट्टै वार्ताद्वारा समाधान गर्नेछौँँ’, प्रधानमन्त्री ओलीको भनाइ छ । 
उनले भने, ‘तपाईंहरुले घर बसिबसी समस्या समाधानको भव्य कार्यक्रम टेलिभिजनबाट देख्नुहुनेछ ।’  सो क्रममा प्रधानमन्त्री ओलीले ५ बर्षभित्र नेपाल विकासशील राष्ट्रको सूचीमा पर्ने पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप