शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

म्यानमार : छातिमा सेनाको गोली लागेर यसरी छट्पटिए आन्दोनलकारी (भिडियो)

आइतबार, १६ फागुन २०७७, १६ : ०१
आइतबार, १६ फागुन २०७७

आइतबार म्यानमारको यांगुनको मुख्य शहर र दावेईको दक्षिणी बस्तीमा प्रहरीले गोली चलाउँदा  दुई आन्दोलनकारीको मृत्यु भएको छ । आन्दोलनलाई तितरवितर पार्ने क्रममा प्रहरीले टियर ग्यास र गोली चलाएको हो । 
म्यान्मार नाउ मिडिया ग्रुपले पोस्ट गरेको भिडियोमा एक व्यक्ति यांगुनको ह्लेदान सेन्टर नजिकैको सडकमा घाइते अवस्थामा भेटिएका छन् ।

उनको छातिमा गोली लागेको छ । घटनालाई प्रत्यक्ष नियालेका एक व्यक्तिले फ्रन्टियर म्यागेजिनलाई दिएको जानकारीअनुसार प्रहरीले बस स्टेशनमा लुकेका आन्दोलनकारी माथि गोली हानेको थियो । यसक्रममा एकजनाको मृत्यु भएको र बाँकी दुई घाइते भएको उनले जनाएका छन् । ती व्यक्तिलाई लगिएको अस्पतालले उनको मृत्यु भइसकेको पुष्टि गरेको छ । 

दक्षिणी दावेईमा प्रहरीले गोली चलाउँदा अर्का एक आन्दोलनकारीको मृत्यु भएको र दर्जनौं घाइते भएको दावेई वाच मिडियाले जनाएको छ । यद्यपी, सेनाले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।
आइतबारको आन्दोलनअघि संयुक्त राष्ट्रसंघका लागि म्यानमारका दूत काउ मोई तुनले राष्ट्रघाती काम गरेको भन्दै सरकारी टेलिभिजनबाट उनको बर्खास्तीको घोषणा गरिएको थियो । तुनले फेब्रअरी १ को सैन्य कु उल्टाउनका लागि राष्ट्रसंघले आवश्यक कदम उठाउनुपर्ने तर्क गरेका थिए । 

म्यानमारमा आङ सान सुकीको सरकारलाई अपदस्थ गरेर सेनाले सत्ता कब्जा गरेको थियो । सुकीलाई अहिले हिरासतमा राखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप