शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

साताको पहिलो कारोबार दिन नेप्से परिसूचकमा ८० अंकको गिरावट*

आइतबार, १६ फागुन २०७७, १५ : ३३
आइतबार, १६ फागुन २०७७

साताको पहिलो कारोबारका दिन नेप्से परिसूचकमा ८० अंकको गिरावट आइ २४७४.३९ विन्दुमा झरेको छ । गत हप्ताको अन्तिम कारोबार दिन अर्थात गत बिहीबार २५५४.१४ विन्दुमा बन्द भएको नेप्से यो सातोको पहिलो दिन नै ७९.७४ अंक अर्थात ३.१२ प्रतिशतको संकुचन आएको हो । 

आज प्रमुख कम्पनीहरुको सूचक (सेन्सेटिभ इण्डेक्स) समेत १४.५३ अंक घटेर ४४७.२९ विन्दुमा झरेको छ । आइतबार दोस्रो बजारमा २०७ कम्पनीका एक करोड ६० लाख १७ हजार ३२२ कित्ता सेयर ९६ हजार १५१ पटक खरिद बिक्री हुँदा कुल कारोबार रकम भने ८ अर्ब ३५ करोड ५२ लाख काय भएको छ ।

नेप्से ओरालो लागेपनि यस दिन कारोबार रकममा भने सुधार देखिएको छ । गत साताको अन्तिम कारोबार दिन ६ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २०७ कम्पनीको ९६ हजार १५१ पटकको कारोबारमा ८ अर्ब ३५ करोड ५२ लाख ८९ हजार रुपैयाँ बराबरको १ करोड ६० लाख १७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

*यसअघि समाचारमा अन्यथा भएकाले सच्याइएको छ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप