शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सेतो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माणका लागि भूमि पुजा

आइतबार, १६ फागुन २०७७, १५ : ०८
आइतबार, १६ फागुन २०७७

काठमाडौं । भारतको आर्थिक सहयोगमा सेतो मच्छिन्द्रनाथ मन्दिरको पुनःस्थापना हुने भएको छ । पुनर्निर्माणका लागि आजै भूमी पूजा गरिएको छ । भारत सरकारले साँस्कृतिक सम्पदा क्षेत्रको पुनर्निर्माणमा प्रतिबद्घता जनाएअनुसार ५.८ अर्ब रुपैयाँमा २८ वटा साँस्कृतिक सम्पदा पुनर्निर्माण गर्ने भएको हो । त्यसमध्येको यो पहिलो परियोजना रहेको भारतीय दूतावासद्वारा जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

२०७२ सालको भूकम्पले क्षति पुर्याएका साँस्कृतिक सम्पदाहरूको संरक्षण तथा पुनःस्थापनाका लागि प्राचिन स्मारक संरक्षण ऐन र पुरातत्व विभागले तोकेको निर्देशिकाअनुरुप सेतो मच्छिन्द्रनाथ मन्दिरको संरक्षण एवम् पुनःस्थापना हुन लागेको हो । यी सम्पदाहरूको पुनर्निर्माण गर्ने क्रममा यसको मौलिकता, परम्परागत महत्व, स्थानीय परम्परा, मूल्य र मान्यतालाई ध्यानमा राख्दै प्राचीन सामग्रीहरुको यथासक्य प्रयोग गरिने बताइएको छ । 

यो मन्दिर १० औं शताब्दीमा मल्ल युगमा निर्माण गरिएको विश्वास छ । काठमाडौं उपत्यकाको संरक्षक देवता मानिन्छ । सेतो मच्छिन्द्रनाथ मन्दिरलाई हिन्दू र बौद्ध धर्मावलम्बीहरुले आस्थाका साथ पूजाआजा गर्छन् । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा, नेपाल सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत तथा काठमाडौं महानगरपालिकाका मेयरले सेतो मच्छिन्द्रनाथ मन्दिरको संरक्षण एवम् पुनःस्थापनाको काम सुरु गर्दै आज संयुक्त रुपमा भूमि पूजन कार्यक्रमको शुभारम्भ गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप