बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

चीन र अमेरिकाको प्रतिस्पर्धामा दक्षिणपूर्वी एशिया, कसको पल्ला भारी ?

आइतबार, १६ फागुन २०७७, १४ : ४०
आइतबार, १६ फागुन २०७७

अमेरिका र सोभियत संघले ४५ वर्षसम्म विश्वभर अप्रत्यक्ष लडाइँ (शीतयुद्ध) लडेका थिए । तर, यो शीतयुद्धको सबैभन्दा ठूलो असर युरोपमा थियो । अहिले दुई महाशक्तिहरु अमेरिका र चीनबीच अलग तरिकाको तानातान चलिरहेको छ । 

दुबै देशका सेना कुनै पनि मोर्चामा आमने–सामने छैनन् । तर पनि दुबै शक्तिबीच मुख्य रुपले दक्षिणपूर्वी एशियामा प्रतिस्पर्धा केन्द्रीत छ । यो इलाका खास रुपमा चीनका लागि सामरिक र आर्थिक दृष्टिले निकै महत्त्वपूर्ण छ । 
दक्षिण पूर्व एशियामा मानिसहरुले अमेरिका र चीनलाई दुई ध्रुव मान्छन् । यही रुपमा आफ्ना प्राथमिकताहरु तय गर्छन् । उदाहरणका लागि म्यानमारमा सैनिक ‘कू’ को विरोध गर्नेहरुले चीनलाई दोषी ठहराइरहेका छन् । उनीहरुले अमेरिकाको हस्तक्षेप हुनुपर्ने माग गर्छन् । 

२०१६ मा फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतार्तेले अमेरिकासँग टाढा हुने र चीनलाई साथ दिने सार्वजनिक घोषणा नै गरेका थिए । चीनले सम्पूर्ण दक्षिण चीन सागर आफ्नो समुद्री सीमा भएको दाबी गर्छ, अमेरिकाले यसको विरोध गरेको छ । 

यस क्षेत्रमा चीन–अमेरिकाबीच दुई कारणले प्रतिस्पर्धा थप भीषण हुनेछ । पहिलो – दक्षिण पूर्वी एशिया चीनका लागि सामरिक रुपले महत्त्वपूर्ण छ, यो हिन्द महासागर र प्रशान्त महासागरसम्म पुग्ने बाटो हो । चीनको पूर्वतर्फ जापान, दक्षिण कोरिया र ताइवान छन् । जो अमेरिकाका प्रमुख सहयोगी हुन् । 

दोस्रो कारण – दक्षिण पूर्वी एशिया विश्व्को सबैभन्दा महत्वपूर्ण आर्थिक क्षेत्र हो । चीनबाट असन्तुष्ट लगानीकर्ताहरुका लागि दक्षिणपूर्वी एशिया उत्पादन केन्द्रका रुपमा उदाइरहेको छ ।  
दुई प्रतिद्वन्द्वीमध्ये चीनको स्थिती मजबुत देखिन्छ । यस क्षेत्रमा चीन सबैभन्दा ठूला व्यापारिक सहयोगी हो । उसले अमेरिकाभन्दा धेरै लगानी गरेको छ । अमेरिकाका केही सहयोगी देशहरु पनि चीनविरुद्ध उसको पक्षमा प्रत्यक्ष खडा हुन चाहदैंनन् । चीनसँग केही समस्याहरु पनि छन् । चिनियाँ कम्पनीहरूमाथि भ्रस्टाचार र पर्यावरण नस्ट गर्ने गरेको आरोप लाग्ने गर्छ । धेरै कम्पनीहरुले स्थानीय मानिसलाई काम दिनुको साटो चिनियाँ कामदार बोलाउने गरेका छन् । त्यस्तै चीनले व्यापार र लगानीमा प्रतिबन्ध लगाएर ती देशलाई दन्डित गर्छ, जसले उसलाई चिढ्याएका छन् । 

चीनले आफ्ना छिमेकीहरुलाई फौजी ताकतको डर पनि देखाउने गरेको छ । उदण्ड र आक्रामक व्यवहारका कारण यस इलाकामा चीन अलोकप्रिय छ । भियतनाममा प्राय चीन विरोध दंगा भड्किन्छ । चीनमा मुस्लिम अल्पसंख्यकहरु माथि गरिएको दमन र चिनियाँको अवैध आवागमनलाई लिएर इन्डोनेशियामा विरोध हुन्छ । अहिल्यै, दक्षिणपूर्वी एशियामा चीनको दबदबा बन्ने संभावना कम देखिन्छ । दक्षिण पूर्वी एशियामा चीनको प्रभूत्वलाई रोक्नका लागि अमेरिकाले जापान, दक्षिण कोरियाजस्ता देशलाई मजबूत बनाउन जरुरी छ । 

चीनविरुद्ध मिल्क टि अलायन्स 
पछिल्लो वर्ष एशियामा चीनविरुद्ध सामाजिक सञ्जालमा मिल्क टी अलायन्स (दुधको चिया गठबन्धन) नामको अभियान चल्यो । यसका सदस्यहरु युवा अभियन्ता हुन् । यसको सुरुवात थाई अभिनेता वचिरावित चिवारीको ट्वीटबाट भयो, जसमा अज्ञानता वश हङकङलाई एक देश भनिएको थियो । हजारौं चिनियाँहरुले इन्टरनेटमा वचिरावितलाई ट्रोल गरे । 

उनले माफी मागे, तर ट्रोलर्सले आफ्नो अभियान जारी राखे । यसपछि नागरिकहरुले पनि गजब–गजबका मिम्स बनाएर जवाफ दिए । हङकङ, ताइवानका युवाहरुले पनि चीनविरुद्ध मोर्चा खोले । खासमा, चीनमा दूध बिना नै चिया पिइन्छ । तर, हङकङ, ताईवान, थाइल्यान्डमा चियामा दुध हालिन्छ । चीन–भारत सीमा विवादपछि भारतीय नागरिकहरुपनि मसाला चियासहित बेइजिङ विरुद्धको यो अभियानमा सहभागी भए । म्यानमारमा फौजी विद्रोह पछि सामाजिक सञ्जालमा बर्माको दुधवाला चाय भन्ने ह्यासट्यास निकै चर्चित बन्यो । 

चीनको विश्वव्यापी महत्वाकांक्षाहरुको संकेत 
–    दक्षिणपूर्वी एशियाली मामिलाका विशेषज्ञ मरे हिलबर्टका अनुसार चीनको छाया संसारमा उसको महत्वाकांक्षाहरुको छोटो रुप हो । 

–    सिंगापुर म्यानेजमेन्ट युनिभर्सिटीका चार्लोट सिटीजेडीका अनुसार दक्षिणपूर्व एशियामा बस्ने ३ करोड ३० लाख चिनियाँले आधुनिक चीन निर्माणमा मुख्य भूमिका निभाएका छन् । 

–    पछिल्लो १० वर्षमा दक्षिण एशियामा चीनको लगानी झन्डै पाँच लाख करोड रुपैयाँको हाराहारीमा पुगिसकेको छ । चीनले ठूलो रुपमा सडक, म्यानमारदेखि बंगालको खाडीसम्म ग्यास पाइपलाइन बनाइरहेको छ । उसको योजना लाओस र सिंगापुरको हाईस्पिड रेल लाईन जोड्ने छ । 

–    चीनले दक्षिणपूर्वी एशियामा कोरोना भाइरसको खोप आपूर्ति गर्ने अभियानको तयारी गरिहेको छ । उसको खोप अहिले परीक्षणकै क्रममा छ । 

-दैनिक भास्कर 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप