काँग्रेस नेता जोशीको स्वास्थ्यमा सुधार
काठमाडौं । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा क्रमिक सुधार हुन थालेको छ । शुक्रबार बिहान मष्तिष्कघात भई नर्भिक अस्पतालमा भर्ना गरिएका नेता थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भैरहेको छ ।
शनिबारको तुलनामा आइतबार जोशीको स्वास्थ्य अवस्थामा निकै सुधार देखिएको उपचारमा संलग्न न्यूरो सर्जन डा.राजीव झाले जानकारी दिए । झाका अनुसार जोशीले दाहिने हात र खुट्टा अघिल्ला दिनको तुलनामा आइतबार बढि चलाएका छन् भने आइतबार बिहानदेखि नै बेहोस पार्ने औषधि दिन छाडिएको छ । तर, पनि जोशीका आँखा भने अझै खुलेका छैनन् ।
यस्तै, आइतबार जोशीको सिटी स्क्यान गरिएको अस्पतालले जनाएको छ । जसअनुसार उनको टाउकोमा जमेको रगत र रक्त मिश्रित पानी समेत लगभग सफा भएको अस्पतालले बताएको छ । ‘उहाँको अवस्था अझै खतरामुक्त भने छैन’ डा.झाले भने, ‘उहाँको अहिलेको अवस्था जटिल, तर सुधारोन्मुख भन्नुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टीआरसी र बेपत्ता आयोगको काम छिटो पुरा गर्नुपर्छ : बाबुराम भट्टराई
-
पूर्वडीआईजी जोशी : पहिले कार्यालय प्रमुख, अहिले त्यहीँ हिरासतमा बास !
-
अफगानी किशोरीलाई ‘किड्स राइट्स प्राइज’ पुरस्कार
-
यु–१९ का तीन महिला क्रिकेटरलाई जनही एक- एक लाख पुरस्कार
-
१० बजे १० समाचार : ओली जोडिएको विषयमा छानबिनको माग, दुर्गा प्रसाईंका ‘चेलाहरू’ समेत अपराधमा
-
दुर्गा प्रसाईंले सार्वजनिक गरेको कागजात प्रकाशन गर्ने १२ वटा युट्युब च्यानल बन्द