बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस नेता जोशीको स्वास्थ्यमा सुधार

आइतबार, १६ फागुन २०७७, १४ : ३४
आइतबार, १६ फागुन २०७७

काठमाडौं । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा क्रमिक सुधार हुन थालेको छ ।  शुक्रबार बिहान मष्तिष्कघात भई नर्भिक अस्पतालमा भर्ना गरिएका नेता थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भैरहेको छ । 

शनिबारको तुलनामा आइतबार जोशीको स्वास्थ्य अवस्थामा निकै सुधार देखिएको उपचारमा संलग्न न्यूरो सर्जन डा.राजीव झाले जानकारी दिए ।  झाका अनुसार जोशीले दाहिने हात र खुट्टा अघिल्ला दिनको तुलनामा आइतबार बढि चलाएका छन् भने आइतबार बिहानदेखि नै बेहोस पार्ने औषधि दिन छाडिएको छ । तर, पनि जोशीका आँखा भने अझै खुलेका छैनन् ।

यस्तै, आइतबार जोशीको सिटी स्क्यान गरिएको अस्पतालले जनाएको छ । जसअनुसार उनको टाउकोमा जमेको रगत र रक्त मिश्रित पानी समेत लगभग सफा भएको अस्पतालले बताएको छ ।  ‘उहाँको अवस्था अझै खतरामुक्त भने छैन’ डा.झाले भने, ‘उहाँको अहिलेको अवस्था जटिल, तर सुधारोन्मुख भन्नुपर्छ ।’ 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप