शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

व्यक्तिका रुपमा ओली र प्रचण्ड कसैसँग सहकार्य गर्दैनौंः एनपी साउद

आइतबार, १६ फागुन २०७७, १४ : २३
आइतबार, १६ फागुन २०७७

काठमाडौं । नेपाली काँग्रेसका नेता एनपी साउदले व्यक्तिका रुपमा प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सहकार्य नहुने बताएका छन् । नेपाल प्रेस युनियन कैलालीले आइतबार दिउँसो धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता साउदले भने, ‘व्यक्तिका रुपमा हामी केपी ओली र प्रचण्ड कसैसँग सहकार्य गर्दैनौं । उहाँहरुको पार्टी विभाजन हुने हो भने नीति, कार्यक्रम र योजना भएको पार्टीसँग हाम्रो सहमति हुन्छ ।’


काँग्रेसले मुलुकको संविधान, प्रजातन्त्रलाई सर्वोपरी राखेर मात्रै निर्णय लिने उनको भनाइ छ । संविधान र लोकतन्त्रलाई सर्वोपरी राखेर मात्रै काँग्रेसले सत्ता समीकरणबारे निर्णय लिने साउदले बताए । उनले अहिले काँग्रेस सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का गतिविधिहरु नियालिरहेको पनि बताए ।

नेकपाका दुबै पक्षबाट पटक–पटक सत्ता साझेदारीको प्रस्ताव आए पनि काँग्रेसका लागि प्रधानमन्त्री पद महत्वपूर्ण नभएको नेता साउदको भनाइ थियो । उनले नेकपाको विवाद टुंगो नलाग्दासम्म काँग्रेस सरकारमा जाने र एक समूहसँग नजिक तथा अर्को समूहसँग टाढा नहुने बताए । ‘नेकपाभित्रको विवाद इनार–किनार नभएसम्म सरकारमा जाने तथा एकसँग नजिक र अर्कोसँग टाढा हुने निर्णय हाम्रो पार्टीले गर्दैन’ साउदले भने ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप