बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

म्यानमारमा प्रदर्शनकारीमाथि प्रहरीले गोली चलायोः दुईको मृत्यु, दर्जनौं घाइते

आइतबार, १६ फागुन २०७७, १३ : ५९
आइतबार, १६ फागुन २०७७

म्यानमारमा आइतबारको सेना विरोधी प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेको छ जसमा दुईजनाको मृत्यु भएको छ । यसका साथै दर्जनौं प्रदर्शनकारी घाइते भएको खबर छ ।

समाचार एजेन्सी रोयटर्सले म्यानमार प्रहरीले आइतबार सैन्य शासनको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि गोली चलाएको जसमा दुईजनाको मृत्यु भएको र दर्जनौं घाइते भएको पुष्टि गरेको छ ।

प्रहरीले यंगून शहरका विभिन्न इलाकामा टियर ग्यास र स्टन ग्रेनेड फ्याँकेका थिए । तर यति गर्दा पनि प्रदर्शनकारीको भीड तितरबितर नहुादा प्रहरीले गोली चलाएको थियो ।

एक डाक्टरले नाम नबताउने शर्तमा एक व्यक्तिको छातीमा गाली लागेपछि अस्पताल ल्याइएको र उनको मृत्यु भएको जानकारी दिए ।

मिज्जिमा मिडिया आउटलेटले पनि यो मृत्युको पुष्टि गरेको छ ।

यसका साथै प्रहरीले देवाईको दक्षिणी इलाकामा पनि गोलीबारे गरेको छ जसमा एक व्यक्तिको मृत्यु् भएको छ र थुप्रै घाइते भएका छन् । म्यानमारका राजनेता क्या मिन तिकेले यो जानकारी रोयटर्सलाई दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप