बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

हाँस्दा हाँस्दै नदीमा हाम फालिन् विवाहिता, मृत्यु अघि सेयर गरिन् भिडियो

आइतबार, १६ फागुन २०७७, १३ : ४९
आइतबार, १६ फागुन २०७७

भारतको गुजरातको अहमदाबादमा एक विवाहिताले साबरमती नदीमा हाम फालेर आत्महत्या गरेकी छिन् । उनले आत्महत्या अघि खिचेको एउटा भिडियो सोसल मिडियामा सेयर गरेकी छिन् जसमा उनले आफूले जति पनि जीवन पाएको त्यो निकै चैनको भएको बताएकी छिन् । अब आफूले भगवान भेट्न चाहेको उनले बताएकी छिन् । घटनापछि घटनास्थल पुगेको प्रहरीले मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरेको छ ।

आयशाले आफ्नो भिडियोमा भनिन्, ‘हेलो, मेरो नाम आयशा आरिफ खान हो । म जे पनि गर्दैछु त्यो आफ्नै मर्जीले गर्दैछु । यसमा कसैको पनि दबाब छैन । यो बुझ्नुहोस् कि भगवानले दिएको मेरो जीवन यत्ति नै थियो र मैले मेरो जीवन निकै चैनको पाएँ । र ड्याडी, कहिलेसम्म लड्नुहुन्छ ? मुद्दा फिर्ता लिनुहोस् ।’

आयशाले थपेकी छिन्, ‘एउटा कुरा राम्रोसँग सिकेकी छु । प्रेम गर्नु छ भने दुईतर्फी गर किनभने एकतर्फीले केही हासिल हुँदैन । प्रेम त विवाह पछि पनि अधुरो नै रहन्छ । हे प्रेमपूर्ण नदी, म प्रार्थना गर्छु कि तिमीले मलाई आफूसँगै सम्मिलित गर र मेरो पिठ्यूँ पछाडि जे जति हुन्छ, कृपया धेरै बखेडालाई निम्तो नदेउ ।’

‘म हावासरह छु, मात्र बहिरहन चाहन्छु । कसैका लागि नरोकिउ । म खुसी छु कि आजको दिन जुन प्रश्नको जवाफ चाहिएको थियो त्यो पाएँ र मैले जसलाई जे भन्नु थियो, त्यो भनिसकेकी छु । धन्यवाद । मलाई आफ्नो प्रार्थनामा राख्नुहोस् । थाहा छैन, स्वर्ग पाउँछु कि पाउँदिनँ । अलविदा ।’

अहमदाबादमा बस्ने व्यावसायिक रुपमा टेलरको काम गर्ने आयशाका पिता लियाकत अलीका अनुसार उनकी छोरीको विवाह सन् २०१८ मा जालौर (राजस्थान) मा बस्ने आरिफ खानसँग भएको थियो । पिताको आरोप अनुसार विवाहलगत्तै देखि उनलाई दाइजोका लागि प्रताडित गर्न थालिएको थियो ।

लियाकत अलीका अनुसार पैसा दिएपछि पनि आरिफको परिवारको लोभ बढ्दै गयो । केही महिना अघि आरिफले पुनः आयशालाई अहमदाबाद छोडेर गएका थिए । आरिफले आयशालाई फोनमा समेत कुरा गर्दैनथे । केही दिन अघि आयशाले रिसमा आत्महत्या गर्ने धम्की दिएकी थिइन् । यसमा आरिफले ‘मर्नु छ भने गएर मर’ भनेपछि उनी थप तनावमा परेको पिताले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप