संसद पुनःस्थापनापछि सभामुख सक्रिय

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको फैसला सुनाएपछि सभामुख अग्निप्रसाद सापकोटाको सक्रियता बढेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते गरेको प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले गत फागुन ११ गते बदरको फैसला सुनाएको थियो ।
त्यसपछि सिंहदरबारस्थित संघीय संसद सचिवालयमा सभामुख सापकोटाले विभिन्न कानुन व्यवसायी, संसदीय समितिका सभापति र प्रतिनिधिसभा सदस्यहरुसँग नियमित भेटघाट तथा परामर्श गरेको संसद सचिवालय स्रोतले जनाएको छ ।
सभामुख अग्नि सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले प्रतिनिधिसभा पुनःस्थापनासँगै सभामुखको सक्रियता बढ्नुलाई स्वभाविक भएको बताए । ‘संसदको नेता सभामुख हुने भएकाले पछिल्लो समय भेटघाट र छलफलहरु स्वभाविक रुपमा बढेका छन्’ ती भेटघाट, छलफल र परामर्शमा प्रतिनिधि सभा बैठकसँगै केन्द्रीत हुने गरेको न्यौपानेले बताए ।
उनले शुक्रबारदेखि नै सभामुखले सरोकारवालासँग छलफल र परामर्श गरिरहेको जानकारी दिए । सरकारले आगामी फागुन २३ गते संसद बैठक आव्हान गर्न राष्ट्रपति समक्ष सिफारिस गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक आन्दोलन असर : केन्द्राध्यक्ष गोष्ठी रोक्न राष्ट्रिय परीक्षा बोर्डले पठायो पत्र
-
२५ करोड प्रकरण : ट्रक चालक र मालिक नारायण पौडेलविरुद्ध मुद्दा दायर
-
भाटभटेनीबाट फलफूल चोरेर भागेका ८ जना हाजिरी जमानीमा छुटे
-
तत्कालीन प्रदेश सचिव अधिकारीलाई सफाइ दिने विशेषको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन
-
‘एभियोट्रेस नेपाल स्कुल अफ टेक्नोलोजी’ विरुद्धको रिटमा लिखित जवाफ माग
-
सर्वोच्चले जिल्लासँग माग्यो पूर्वडीआईजी जोशीलाई थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन