बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

गृह जिल्लामा बन्ने ६४ अर्ब रुपैयाँ लागतको औद्योगिक पार्क ओलीले शिलान्यास गर्दै

आइतबार, १६ फागुन २०७७, १२ : ४५
आइतबार, १६ फागुन २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापाको दमकमा ६४ अर्ब रुपैयाँ बराबरको औद्योगिक पार्क बन्ने भएको छ । चिनियाँ सरकारको सहयोगमा बन्ने नेपाल–चीन औद्योगिक पार्कको आज प्रधानमन्त्री ओलीले औपचारिक रुपमा शिलान्यास गर्दै छन् । 

झापा दमक नगरपालिका, कमला गाउँपालिका र गौरादह नगरपालिकाको संगम स्थल झर्कामा निर्माण हुन लागेको सो पार्क १ हजार ३ सय बिघा क्षेत्रफल रहने छ । जुन सरकारले स्थापना गर्न लागेका ६ वटा औद्योगिक क्षेत्र मध्येको सबैभन्दा ठूलो पार्क हो ।

यद्यपी सो पार्क निजी जग्गामा बन्नेछ । यसका लागि सरकारले निजी जग्गाको मुआब्जा वितरण गरि जग्गा अधिग्रहण गर्नेछ । यो औद्योगिक क्षेत्र प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्रमा भित्र पर्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप