शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दुई पटक शल्यक्रिया गरिएकी सुत्केरीको मृत्यु

आइतबार, १६ फागुन २०७७, १२ : ०५
आइतबार, १६ फागुन २०७७

प्यूठानमा एक सुत्केरीको मृत्यु भएको छ । झिमरुक गाउँपालिका–७ तुसाराकी २४ वर्षीया अनिसा एमसीको उपचारका लागि बुटवल लैजाने क्रममा आज बिहान बाटो मै मृत्यु भएको प्यूठान अस्पतालका निमित्त प्रमुख खिम पार्धेले जानकारी दिए । 

ती महिलाको गत बिहीबार शल्यक्रिया गरिएको थियो । स्वास्थ्यमा थप समस्या आएपछि शनिबार साँझ पुनःशल्यक्रिया गरिएको थियो । 

उनीको शल्यक्रियापछि पनि समस्या बढ्दै गएपछि बिहान २ बजे बुटवल पठाइए पनि भालुवाङ पुग्दा मृत्यु भएको  प्रमुख पार्धेले बताए । 

नवजात शिशु सकुशल रहेको र आफन्तको जिम्मा लगाइएको छ । सुत्केरीको शव  अहिले प्यूठान अस्पतालमा ल्याइएको पनि  उनले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप