शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यो ट्रेलर थियो... कारको जिम्मेवारी लिँदै जैश–उल हिन्दको अम्बानीलाई धम्की

आइतबार, १६ फागुन २०७७, ११ : ४८
आइतबार, १६ फागुन २०७७

महाराष्ट्रको मुम्बईमा मुकेश अम्बानीको घर बाहिर बिस्फोटले भरिएको गाडीको मामिलामा जैश–उल हिन्द नामको एक संगठनले जिम्मेवारी लिएको छ । यो संगठनले टेलीग्राम एपमार्फत् यो कुराको जिम्मेवारी लिएको हो । केही दिन अघि यसै संगठनले दिल्लीमा इजराइल  दूतावास बाहिर भएको बिस्फोटको जिम्मेवारी लिएका थिए । यो संगठनको तर्फबाट बिटकोइनसँग पैसाको माग पनि गरिएको थियो ।

मेसेजमार्फत् अनुसन्धान एजेन्सीलाई चुनौतीः

संगठनले एक मेसेजमार्फत् अनुसन्धान एजेन्सीलाई चुनौती दिएको छ । मेसेजमा लेखिएका छ, ‘रोक्न सक्छ भने रोक । जब हामीले तिम्रो नाकै अगाडि दिल्लीमा तिमीहरुलाई हिट गर्दा तिमीहरुले केही गर्न सकेका थिएनौ । तिमीहरुले मोसादसँग हात मिलायौं तर केही पनि भएन । तिमीहरु नराम्रोसँग फेल भयौ र पछि पनि तिमीहरुले सफलता पाउने छैनौ ।’

 


मेसेजको अन्त्यमा लेखिएको छ, ‘(अम्बानिजका लागि) तिमीलाई थाहा छ, तिमीहरुले के गर्नुपर्छ । तिमीहरुलाई पहिले जे भनिएको छ, मात्र त्यो पैसा ट्रान्सफर गर ।’

२५ फेब्रुअरीमा मुकेश अम्बानीको निवासस्थान एन्टिलिया बाहिर संदिग्ध कार र २० जिलेटिनको छड भेटिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप