शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ध्रुव र एलिनाले ल्याए ‘फुर्के रिवन भर्सेस कर्ली कपाल’

आइतबार, १६ फागुन २०७७, ११ : ४०
आइतबार, १६ फागुन २०७७

कलाकार ध्रुव बिस्को, जीवेश गुरुङ, एलिना चौहान र रचना रिमालको स्वर रहेको गीत ‘फुर्के रिबन भर्सेस कर्ली कपाल’ सार्वजनिक भएको छ । कृष्ण केसीको शब्द रहेको गीतमा ध्रुवकै संगीत रहेको छ ।
गीतको भिडियो ‘सेभेन ११ म्युजिक फ्याक्ट्री’ले निर्माण गरेको हो । जसमा पुष्प खड्का, सुधिर श्रेष्ठ, समारिका र स्मारिका ढकालको अभिनय देख्न सकिन्छ । भिडियोमा दिनेश डिसी, गौरी मल्ल र आनन्द कार्की समेत अतिथि भूमिकामा देखिएका छन् ।

लोक लयमा तयार गीतको भिडियो ब्याटल शैलीमा तयार गरिएको छ । दुई टिमबीच भएको गायन तथा नृत्यको ब्याटललाई भिडियोमा उतारिएको छ ।
माइकल चन्दको निर्देशनमा बनेको भिडियोमा उत्सव दाहालको छायाँकन, शिलन लम्सालले सम्पादन छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप