
नेप्सेमा सूचीकृत समूहको हेरफेर, कुन कम्पनी कुन समूहमा पर्यो ?

नेपाल स्टक एक्सचेन्जले केही समूह हेरफेर गरेको छ । नेप्सेले सूचीकृत समूहहरूको हेरफेर तथा समूह विभाजन गरेको हो । लगानी समूह थपिएको छ ।
यसमा ४ वटा कम्पनी परेका छन् । अन्य समुहमा रहेको ४ वटा कम्पनीलाई लगानी समूहमा राखिएको हो । लगानी समूहमा नागरिक लगानी कोष, एचआइडीसीएल, निफ्रा, एनआरएन परेका छन् ।
यस्तै यसअघिको होटेल्स समूहको नाम परिवर्तन गरी होटेल्स तथा पर्यटन समूह बनाइएको छ । यसमा भर्खरै बजारमा सूचीकृत चन्द्रागिरि हिल्स परेको छ भने बाँकी होटेल्सहरु यथावत छन् ।
यसअघि नेप्सेमा म्युचुअल फन्डबाहेक ११ वटा समूह रहेका थिए । अब १२ समूह भएको छ । म्युचुअल फन्डसमेत गर्दा १३ समूह हुन्छ । हाल नेप्सेमा २१८ वटा कम्पनी सूचीकृत छन् ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ