ad
केन्द्रीय संस्करण

'कार्टुनले सेवकको जस्तो व्यवहार देखाउँन हुँदैन'

person explore access_timeफागुन १६, २०७७ chat_bubble_outline0

काठमाडौँ । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँलेले प्रेसमात्र होइन, फ्रि प्रेस र आलोचनात्मक  कार्टुनको माध्यमबाट सञ्चार क्षेत्रले हरेक कुरामा खबरदारी गरिरहनु पर्ने बताए । कार्टुनिस्ट क्लव अफ नेपालले शनिबार राजधानीमा आयोजना गरेको ‘कार्टुन पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रता’ बिषयक कार्यक्रममा उनले सो धारणा राखेका हुन् ।

सेवकको जस्तो पारा देखाउने पत्रकारिता र कार्टुनमा झल्किनु नहुने उनले धारणा राखेका थिए । उनले सञ्चार तथा कार्टुन क्षेत्रका सबैले नियम कानुनको बारेमा पनि जानकारी राख्दै सार्वजनिक हितका लागि आवाज उठाउन छोड्न नहुनेमा जोड दिए ।

नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले देशको ठूला पदमा रहेका व्यक्तित्वसँगको पहुँचसम्म पुग्दा सुरक्षा निकायको थुप्रै घेराको सामना र नियम मान्दै हिँड्नुपर्ने अवस्था विद्यमान रहेकोले मुलुकमा गणतन्त्र आएको आभास नै नभएको बताए । उनले भने, ‘सरकारले सञ्चार माध्यममार्फत भक्तिगानको मात्र अपेक्षा राख्ने, आलोचना सुन्नै नसक्ने प्रवृत्ति छ । आलोचनाले कमजोरी सुधार्न मद्दत पु¥याउँछ भन्ने सोचको विकास गर्नुपर्छ ।’

कार्टुनिष्ट क्लवका निवर्तमान अध्यक्ष अविन श्रेष्ठले कार्टुन सत्ताको जहिले प्रतिपक्ष हुने जनाउँदै समाज, राजनीति तथा सार्वजनिक विषयमा भइरहने विकृति विसंगतिविरुद्ध यो सशक्त माध्यम भएको बताए । उनले कार्टुनिस्टले सास्ती भोग्नुपरेको बषयमा जानकारी गराए ।

कार्यक्रममा नेपाल ललितकला पत्रकार समाज (सोेफाज) का अध्यक्ष केशव राज खनालले अभिव्यक्ति स्वतन्त्रताको हनन हुँदा कार्टुनको माध्यमबाटै आलोचनात्मक सूचना, जानकारी प्रवाह गर्ने कार्टुनिस्ट नै पहिलो निशानामा पर्ने बताए । 

कार्टुनिस्ट क्लब अफ नेपालका अध्यक्ष वासु क्षितिजले विगतमा पत्रिकामा मात्रै छापिने कार्टुनलाई अहिले एफएम रेडियो तथा टेलिभिजनले समेत पढ्ने गरेको प्रसंग सम्झँदै कार्टुनको महत्व व्यापक बन्दै गएको बताए । उनले समाज रुपान्तरणमा कार्टुनले आवश्यकता अनुसार आफ्नो भूमिका निर्वाह गर्दै आइरहेकाले अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउन नहुनेमा जोड दिए । 

बहस अधिकाम्स बक्ताहरुले राजनीतिक दलले सत्ताको लक्ष्य हासिल गर्न सञ्चार क्षेत्रलाई प्रयोग गर्ने गरेको आरोप समेत लगाए । उनीहरुले कार्टुनलाई अंकुस लगाउन नहुने धारणा समेत राखेका थिए ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.