बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अवहेलना मुद्दामा लिखित जवाफ बोकेर सर्वोच्च पुगे प्रचण्ड

आइतबार, १६ फागुन २०७७, ११ : १९
आइतबार, १६ फागुन २०७७

नेकपा प्रचण्ड नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अवहेलना मुद्दामा लिखित जवाफ बोकेर आइतबार सर्वोच्च अदालत पुगेका छन् । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा विचाराधीन रहेको अवस्थामा मुद्दालाई प्रभावित गर्नेगरी अभिव्यक्ति दिएको भन्दै उनीविरुद्ध सर्वोच्चमा रिट दायर भएको थियो । 

सो रिटमाथि माघ २१ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रचण्डलाई लिखित जवाफसहित अदालतमा उपस्थित हुन आदेश जारी गरेको थियो । 

प्रचण्डले विचाराधीन मुद्दालाई प्रभावित पार्ने गरी अभिव्यक्ति दिएको भन्दै अधिवक्ता समीर हायूले सर्वोच्चमा अवहेलनासम्बन्धी रिट दायर गरेका थिए । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा भने सर्वोच्चले सरकारको निर्णय बदर गरिदिइसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप