बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

आइतबार, १६ फागुन २०७७, १० : ५२
आइतबार, १६ फागुन २०७७

नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिन आइतबार छापावाल सुन तोलामा ८८ हजार ३०० रुपैयाँमा कारोबार भएको हो । 
यसअघि शुक्रबार छापावाल सुन तोलामा ८८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै तेजावी सुन तोलामा ८७ हजार ८५० रुपैयाँमा कारोबार भएको छ । यसैबीच आइतबार चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा १३३५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार घटेर तोलामा १३२५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप