लेवान्डोस्कीको गोल वर्षा जारी : मुलरको कीर्तिमानमा आँखा
रोबर्ट लेवान्डोस्की र सर्जी ग्नाब्रीले दुई–दुई गोल गरेपछि बायर्न म्युनिखले एफसी कोल्नलाई हराउँदै बुन्डेस लिगाको शीर्ष स्थानमा आफ्नो पकड मजबुत बनाएको छ । खेलमा म्याक्सिम चुओपो मोटिङले बायर्नलाई अग्रता दिलाएका थिए । त्यसपछि लियोन गोर्टेज्काको पासमा लेवान्डोस्कीले टोलीको अग्रता दोब्बर बनाए । दोस्रो हाफको शुरुवातमा इल्येस स्खीरीले विपक्षी टोलीका लागि एक गोल फर्काए पनि लेवान्डोस्कीले थोमस मुलरको पासमा गोल गर्दै टोलीलाई पुनः दुई गोलको अग्रता दिलाए ।
पोल्याण्डका स्ट्राइकरले यो सिजन बुन्डेस लिगामा २८ गोल गरिसकेका छन् । अरु खेलाडीभन्दा यो ९ गोलले बढी हो । ११ खेल बाँकी छँदा ३२ वर्षीय खेलाडीको आँखा अब गर्ड मुलरले बनाएको एकै सिजनमा सर्वाधिक गोलको कीर्तिमानमाथि रहेको छ । सन् १९७२ मा मुलरले एकै सिजन ४० गोल गरेका थिए । लेवान्डोस्की मुलरको यो कीर्तिमानबाट मात्र १२ गोल टाढा रहेका छन् ।
खेलको अन्तिम १० मिनेटमा ग्नाब्रीले दुई गोल गर्दै टोलीलाई विशाल जीत दिलाए । जीतसँगै बायर्नले दोस्रो स्थानमा रहेको आरबी लेइपजीसँगको दुरी २ अंकको बनाएको छ । शनिबार नै लेइपजीगले २ गोलले पछि परेको स्थिति उल्टाउँदै बोरुसिया मोचेनग्लाडब्याचलाई ३–२ ले हरायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती संसद्को हिउँदे अधिवेशन : खर्च ११ लाख, उपलब्धि शून्य
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
-
उपनिर्वाचनमा तीन चरणको सुरक्षा योजना
-
विद्यमान कानुनी संरचनाबाट सहकारी समस्या समाधान नहुने सरकारको निष्कर्ष
-
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी र बदमासी अन्त्य गर्न श्रम मन्त्रालयलाई निर्देशन
-
एमाले परित्याग गर्ने भीम रावलको संकेत, भने–एउटा घुम्तीमा पुगेँ