
पीएसजीको जीतमा एम्बाप्पेको दुई गोल

किलियान एम्बाप्पेको दुई गोलको मद्दतले पेरिस सेन्ट जर्मेनले लिगको पुछारमा रहेको डिजोनलाई पराजित गरेको छ । जीतसँगै पीएसजी लिग वानको दोस्रो स्थानमा उक्लिएको छ । शनिबार पीएसजी ४–० गोलले विजयी बनेको हो ।
मोइस किनले माउरिसियो पोचेटिन्होको टोलीलाई अग्रता दिलाए भने त्यसपछि एम्बाप्पेले पेनाल्टीबाट टोलीको अग्रता दोब्बर बनाए । दोस्रो हाफमा उनले अर्को गोल थपे । क्लबका लागि उनको यो ११३ औँ गोल थियो । माउरिसियो पोचेटिन्हो आएयता एम्बाप्पले क्लबका लागि ९ गोल गरेका छन् । खेलको अन्त्यतिर ड्यानिलोले अर्को गोल थपे ।
२७ खेलबाट पीएसजीको ५७ अंक रहेको छ । शीर्ष स्थानमा रहेको लिलको ५८ अंक रहेको छ । यद्यपि, लिलले एक खेल कम खेलेको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ