बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

गर्भनिरोधक औषधिले बिगार्न सक्छ अनुहार

आइतबार, १६ फागुन २०७७, १० : २२
आइतबार, १६ फागुन २०७७

अनुहारमा आउने दागधब्बा, चायाँपोतो र डन्डिफोरको कारण बढ्दो उमेर मान्ने गरिन्छ । बारम्बार एउटै गल्ती गर्ने कारण पनि डन्डिफोरको समस्या आउने गर्छ ।  डन्डिफोर र अनुहारमा आउने अन्य समस्याको कारण तनाव, गलत खानपान, मेकअप र वायु प्रदुषण मान्ने गरिन्छ । तर, यसको अर्को सबैभन्दा ठूलो कारण गर्भ निरोधक औषधि हो । 

गर्भ रहनबाट बच्नका लागि प्रयोग गरिने औषधिले शारीरिक स्वास्थयका साथसाथै अनुहारको सुन्दरतामा पनि ह्रास ल्याउँछ । यस्ता औषधिले शरीरमा बन्ने हर्मोनमा पनि नराम्रो असर पार्छ । जसले हर्मोनलाई असन्तुलित गराउँछ । जसको कारण अनुहारमा दागधब्बा, एक्नी, तैलियपना र डन्डिफोर जस्ता समस्या ल्याउँछ । 

यसका साथै, कस्मेटिक सामानको धेरै प्रयोगले पनि डन्डिफोर आउँछ । कहिलेकाँही महिलाहरु पूरा दिन र रातमा मेकअप गरेर बस्छन् जसका कारण अनुहार खराब हुन्छ । 

यस्तै, धेरै दुग्ध पदार्थको सेवन, उच्च चिनी भएको पेयपदार्थ, तैलिय खानेकुरा, तारेको खानेकुरा, कालो मुसा र डन्डिफोर जस्ता समस्या आउँछ । 

यति मात्र होइन, कपाल र छालाको सफाई गर्दा अनुहारमा समस्या कम हुन्छ । कपालमा फोहोर जम्मा भएमा यसले छालाका छिद्रहरु बन्द हुन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप