शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

साउदी अरबबारे जो बाइडेनले सोमबार के घोषणा गर्दैछन् ?

आइतबार, १६ फागुन २०७७, ०९ : ४३
आइतबार, १६ फागुन २०७७

शनिबार अमेरिकाका राष्ट्रपति जो बाइडेनले उनको प्रशासनले साउदी अरबको विषयमा सोमबार एउटा घोषणा गर्ने बताएका छन् ।

पत्रकार जमाल खग्गोसी हत्या मामिलामा अमेरिकी गुप्तचर विभागको सनसनीपूर्ण रिपोर्टपछि सबैको नजर बाइडेनको घोषणामाथि अडिएको छ ।

यसको विषयमा बाइडेन प्रशासनले केही तप्कामा आलोचना पनि सामना गर्नुपरेको छ । अमेरिकी पत्रिका ‘वासिङ्टन पोस्ट’ को एउटा सम्पादकीयमा पनि राष्ट्रपतिले साउदी अरबका युवराजको विषयमा कडा व्यवहार अपनाउनुपर्दथ्यो भन्ने धारणा पोखेको छ ।

नयाँ अमेरिकी प्रशासनमा युवराजमाथि खग्गोसीको हत्याको मञ्जुरी दिएको आरोपबीच पनि प्रतिबन्ध लगाइएन ।

राष्ट्रपति बाइडेनलाई युवराज मोहम्मद बिन सलमानलाई सजाय दिनेबारे प्रश्न सोध्दा जवाफमा उनले भने, ‘साउदी अरबमाथि हामीले के गर्दैछौं भनेर सोमबार घोषणा हुनेछ ।’

यसबारे ह्वाइट हाउसले खासै जानकारी दिएको छैन । तर समाचार एजेन्सी रोयटर्सका अनुसार ह्वाइट हाउसका एक अधिकारीका अनुसार कुनै ठूलै कदम उठाउने सम्भावना भने छैन ।

 


यी अधिकारीले भने, ‘प्रशासनले शुक्रबार थुप्रै नयाँ कदम उठायो । राष्ट्रपतिले बताउन चाहिरहेका छन् कि विदेश मन्त्रालयले तिनै घोषणाको विषयमा अधिक र विस्तारपूर्वक जानकारी दिनेछ । कुनै नयाँ घोषणा हुनेछैन ।’

खग्गोसी आफ्नो देश साउदी अबर छोडेर अमेरिकामा बसिरहेका थिए र वासिङ्टन पोस्टमा एमबीएसका नीतिको आलोचना गर्दै आफ्नो धारणा व्यक्त गर्दथे ।

सन् २०१८ मा टर्कीको इस्तानबुलमा साउदी उच्चायोगमा साउदी एजेन्टले उनको हत्या गरिदिए र उनको शवलाई टुक्राटुक्रा पारे ।

साउदी सरकारले यसमा युवराजको संलग्नता अस्विकार गर्दै शुक्रबार एक बयान जारी गर्दै अमेरिकी रिपोर्टको खोजलाई अस्विकार गरिदियो र आफ्नो पुरानो बयान दोहोराउँदै खग्गोसीको हत्या दुष्ट समूहद्वारा गरिएको एक जघन्य अपराध भएको बतायो ।

अमेरिकाले शुक्रबार जुन कदम उठायो, त्यसमा खग्गोसीको हत्यामा संलग्न मानिएका केही साउदी नागरिकमाथि भिसा प्रतिबन्ध र अन्य प्रतिबन्ध लगाइयो ।

यसमा एक गुप्तचर विभागका पूर्व उप–प्रमुख पनि समावेश छन् । उनको अमेरिकाको सम्पत्ति फ्रिज गरिनेछ र कोही पनि अमेरिकी नागरिकले उनीसँग केही पनि काम गर्ने छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप