शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मलाइकाका कारण चम्किएको थियो दीपिकाको भाग्य

आइतबार, १६ फागुन २०७७, ०९ : ३१
आइतबार, १६ फागुन २०७७

बलिउड उद्योगमा सबैभन्दा बढी लोकप्रिय अभिनेत्री दीपिका पादुकोणको पहिलो फिल्म 'ओम शान्ति ओम' हो । यो फिल्म उनलाई अभिनेत्री मलाइका अरोडाका कारण प्राप्त भएको थियो  ।

बलिउड उद्योगमा स्थापित हुन जति मुश्किल छ त्यति नै मुश्किल छ यो क्षेत्रमा पाइला राख्न । दीपिकाले पनि यो क्षेत्रमा पाइला राख्न निकै मेहनग गरिन् । तर उनलाई फिल्म मिलेको थिएन । 

फिल्म ओम शान्ति ओमको लागि मलाइकाले उनलाई प्रस्ताव गरिदिएपछि उनको भाग्य चम्कियो । उनको पहिलो फिल्मले सुपरहिट भयो । यो फिल्मको शान्तिप्रियाको भूमिकामा प्रियंका चोपडा र सुष्मिता सेनलाई लिइने योजना भएको भएपनि अन्त्यमा दीपिकालाई लिइएको थियो । 

दीपिका उक्त समयमा फेशन डिजाइनरसँग काम गर्थिन् । फेशन डिजाइनरले मलाइकालाई दीपिकालाई फिल्म दिन गरेको आग्रह गरे । सोही अनुसार मलाइकाले निर्देशक फराह खानलाई दीपिकाको नाम दिइन् । त्यसपछि दीपिका हिट भइन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप