शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रोनाल्डोको गोल तर रोकियो युभे

आइतबार, १६ फागुन २०७७, ०८ : १२
आइतबार, १६ फागुन २०७७


भेरोनासँग बराबरीमा रोकिएपछि साबिक विजेता युभेन्टस शीर्ष स्थानमा रहेको इन्टर मिलानसँग ७ अंकले पछि परेको छ ।

दोस्रो हाफको सुरुवातमा क्रिस्टियानो रोनाल्डोको गोलको मद्दतले आन्द्रे पिर्लोको टोलीले खेलमा अग्रता बनाएको थियो । यो सिजन लिगमा उनको १९ औँ गोल थियो । उनी सिरिए ए को गोलकर्ताको सूचीमा शीर्ष स्थानमा रहेका छन् ।

तर, खेलको ७७ औँ मिनेटमा निरस खेल प्रदर्शन गरेको युभेविरुद्ध एन्टोनिन बाराकले बराबरी गोल फर्काए । खेलको अन्त्यतिर वोजिएक सिजेस्सीले डार्को लाजोभिचको प्रहारलाई सुन्दर बचाऊ गर्दै युभेलाई हारबाट जोगाए ।

अब आइतबार जेनोआलाई हराए इन्टरले पछिल्लो ९ पटकको विजेता युभेलाई १० अंकले पछि पार्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप