एमाले लमजुङद्वारा उम्मेद्वार सिफारिश
बेसीशहर –आसन्न प्रदेश सभा निर्वाचनको लागि नेकपा एमालेले लमजुङले प्रत्यक्षतर्फ र समानुपातिकतर्फ उम्मेदवार सिफारिश गरेको छ ।
नेकपा एमाले जिल्ला कमिटी लमजुङमा बसेको २० औं बैठकले संघीय प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेद्वारको सिफारिश गरेको हो ।
केन्द्रले सबै निर्वाचन क्षेत्रमा कम्तीमा १ महिला सहित ३ जनाको नाम सिफारिश गर्न दिएको निर्देशनअनुसार प्रत्यक्षतर्फ संघीय प्रतिनिधिसभाका लागि टुका हमाल, जमीन्द्रमान घले र राजकुमार विष्ट, प्रदेशसभातर्फ क्षेत्र नम्बर १ बाट धनञ्जय दवाडी, भीमबहादुर गुरुङ र विष्णुमाया गुरुङ र क्षेत्र नम्बर २ बाट डा. भीष्मनाथ अधिकारी, कृष्णप्रसाद अधिकारी र सीता गुरुङलाई सिफारिश गरेको छ ।
प्रदेशसभाको लागि यसअघि प्रदेश सभा निर्वाचन क्षेत्र समन्वय कमिटी क्षेत्र नम्बर १ र २ ले सिफारिश गरेका उम्मेद्वारहरुलाई नै जिल्ला कमिटीले अनुमोदन गरेको हो ।
त्यसैगरी केन्द्रीय सचिव एवं संगठन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङका लागि भने प्रत्यक्ष वा समानुपातिकतर्फ कुनै पनि क्षेत्रमा उम्मेद्वार हुन चाहेमा खुल्ला राख्ने निर्णय गरेको छ ।
बैठकले संघीय प्रतिनिधिसभाको समानुपतिकतर्फ केन्द्रीय सचिव पृथ्वीसुब्बा गुरुङ र बमबहादुर थापाको नाम सिफारिश गरेको छ । संघीय प्रतिनिधिसभाको समानुपतिकतर्फ १ जना महिला सिफरिश गर्नुपर्नेमा कल्पना थापा, दिपा गुरुङ, डोलकुमारी सापकोटा र डा.जानकी तुलाधर पाण्डेको दाबी रहेको छ । ४ जना मध्ये १ वा २ जनाको सिफारिश हुने संभावना रहेको छ ।
त्यसैगरी प्रदेशसभाको समानुपातिकतर्फ क्षेत्र नम्बर १ बाट मायानाथ अधिकारी, फूलबहादुर थापा, हिरालाल विक र लोककुमारी अधिकारी तथा क्षेत्र नम्बर २ बाट महेन्द्रलाल श्रेष्ठ, केशर खत्री, रामबहादुर विक र यशोदा रिमाललाई सिफारिश गर्ने निर्णय गरेको जिल्ला सचिव कृष्ण प्रसादअधिकारीले जानकारी दिए ।
बैठकले शुरुमै केन्द्रीय सचिव एवं संगठन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङलाई जुनसुकै क्षेत्रमा उम्मेदवार बन्न चाहेमा खुल्ला गर्ने र केन्द्रीय सदस्य एवं लमजुङ ईञ्चार्ज मायानाथ अधिकारीलाई प्रदेशसभाको समानुपातिकतर्फ बैठकले सर्वसम्मत निर्णय गरेपनि अन्य बाँकीका हकमा भने छलफलगरी टुङ्गो लगााईएको थियो । जिल्लाले सिफारिश गरेको नाम प्रदेश कमिटी हुँदै स्थायी कमिटीमा पुगेर टुङ्गीने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जाइकाले बनाइदियो शुद्धीकरण आयोजना, संस्थानको कमजोरीले शुद्ध भएन पानी
-
धनुषामा एक महिलाको हत्यामा सङ्लग्न रहेको आशङ्कामा तीन जना पक्राउ
-
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङबिच द्विपक्षीय भेटवार्ता
-
एनपिएलमा त्रिभुवन विश्वविद्यालयका विद्यार्थीलाई ५० प्रतिशत छुट
-
१० बजे १० समाचार : ‘फेक डकुमेन्ट’बारे दुर्गा प्रसाईंको बयानदेखि रवि–निकिताको बैंक खाताको विवरण संकलनसम्म
-
बागमती विश्वविद्यालय सञ्चालनका विषयमा काठमाडौँमा छलफल