अब गाउँ र सहर छुट्याइने

हाम्रा देशमा कति गाउँ छन् ? सहर कति छन् ? स्थानीय तहमध्ये ६ महानगरपालिका, ११ उपमहानगरपालिका र २६० वटा नगरपालिका छन्। तर, त्यहाँ हुनुपर्ने सेवासुविधा, पूर्वाधार विकास देखिँदैन। गाउँ त गाउँ नै रह्यो। अब भने सरकारले २०७८ को राष्ट्रिय जनगणनामा गाउँ र सहर छुट्याउने गरी विवरण संकलन गर्ने भएको छ।
केन्द्रीय तथ्यांक विभागका निर्देशक तीर्थराज चौलागाईंले जनगणनामा गाउँ र सहर छुट्याउन छुट्टै प्रश्नावली बनाइएको जानकारी दिए। जनगणनाको १ सय १० वर्षको इतिहासमा पहिलो पटक सामुदायिक प्रश्नावली त्यसकै लागि तयार पारिएको छ। सामुदायिक प्रश्नावलीले सहर र गाउँलाई छुट्याउने निर्देशक चौलागाईंको भनाइ छ।
स्थानीय तहको वडासम्म पुगेर सुपरिवेक्षकले त्यो प्रश्नावली भराउनेछन्। सहरी सेवासुविधामा बडावासीको पहुँचको अवस्थाको छुट्टै प्रश्नावली राखिएको छ। भौतिक पूर्वाधार, आर्थिक पूर्वाधार/सेवासुविधाको अवस्थाबारे विवरण संकलन गरिनेछ। इन्टरनेट, विद्युत्, क्याम्पस, अस्पताल, एम्बुलेन्स सेवा, बजार, बैंक तथा वित्तीय संख्या, सहकारी संख्यालगायत भौगोलिक क्षेत्रभित्र सेवासुविधा उपलब्धताको अवस्थाबारे एक/एक तथ्यांक संकलन गरिनेछ। यसका लागि विभिन्न प्रश्नावली सोधिनेछ।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ताप्लेजुङका किसान सामूहिक मकैखेतीप्रति आकर्षित
-
लहानमा दुई अर्ब लागतमा सुविधासम्पन्न अस्पताल बनाइने
-
विषादी हालेको अङ्गुर खाइरहनु भएको त छैन ? यसरी सफा गर्नुस्
-
कोलेस्ट्रोल घटाउन चाहनुहुन्छ ? बिहान अपनाउनुहोस् यी ५ बानी
-
सिमेन्टपछि फलामे जाली र छडको पनि मूल्य बढ्यो
-
लन्डनमा डेढ महिनादेखि हराइरहेका नेपाली विद्यार्थी सकुशल फेला