शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपालमै उत्पादन भएको हाइड्रोजनले सवारीसाधन चलाइने

आइतबार, १६ फागुन २०७७, ०६ : ५४
आइतबार, १६ फागुन २०७७

नेपालमा दुई वर्षभित्र यही उत्पादित हाइड्रोजनले  सवारी  साधन  चलाएर  देखाउने  गरी  नेपाल  आयल निगम र काठमाडौँ विश्वविद्यालय आवश्यक गृहकार्यमा जुटेका छन् ।

यसका  लागि  कार्यक्रम  सञ्चालन  गर्ने  गरी  निगम  र विश्वविद्यालयबीच सम्झौतासमेत भएको छ । 

केयूका उपकुलपति प्राध्यापक  डा.  भोला  थापाका  अनुसार  हाइड्रोजन  उत्पादन  तथा व्यावसायीकरणका लागि यो कार्यक्रमले नयाँ आयाम थप्नेछध्र   कार्यक्रम  नीतिगत,  पूर्वाधार  र  प्रदर्शनात्मक  कार्यक्रम गरी  तीन  क्षेत्रमा  केन्द्रित  गर्न  खोजिएको  छध्र  विश्वविद्यालयले हाइड्रोजन  उत्पादन  तथा  व्यापारका  लागि  सरकार  तथा  निगमले गर्नुपर्ने   नितीगत   परिमार्जन   तथा   स्वीकार्यताका   विषयमा अध्ययन  गरी  प्रतिवेदन  बुझाउनेछ ।

हाइड्रोजन  उत्पादनमा प्रयुक्त  प्रविधिलाई  नेपाल  भित्र्याउने र  त्यो  प्रविधिलाई  नेपालको अवस्थाअनुसार  स्वीकार्यता  सिर्जना  गर्न  रूपान्तरण  गर्नेसम्मको योजना  यसमा  बनाइएको  छ । नेपालमा  हालसम्म  हाइड्रोजनको व्यावसायिक उपयोगिता सुरु भइसकेको छैनन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप