सत्ताको गठबन्धनबारे संसदमै पुगेपछि निर्णय हुन्छ : शशांक कोइराला
हेटौंडा । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सरकारका लागि गठबन्धन बनाउन काँग्रेसलाई अहिले हतार भएको बताएका छन् । हेटौंडामा शनिबार रेडियो मकवानपुरको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले नेकपाको ओली पक्ष वा प्रचण्ड–माधव पक्षसँग गठबन्धन गर्ने भन्नेबारे काँग्रेसले अहिले निर्णय लिइसकेको बताए ।
सोच विचार गरेरमात्र काँग्रेसले सहकार्य गर्ने उनको भनाइ थियो । अहिले काँग्रेसले नेकपाको कुनै पक्षबारे निर्णय नलिएको उल्लेख गर्दै उनले सदनमा उनीहरुको प्रस्तुतिको आधारमा काँग्रेसले आफ्नो रणनीति बनाउने प्रस्ट पारे ।
‘नेपाली काँग्रेस अहिले अत्यन्त महत्वपूर्ण र संवेदनशील ठाउँमा उभिएको छ, न हामी ओलीजी को पक्षमा उभिएका छौं, न त प्रचण्ड–माधवजीको पक्षमा उभिएका छौं, हाउसमा जुन किसिमको रिप्रजेन्टेशन हुन्छ, त्यसैको आधारमा हामीले हाम्रो रणनीति बनाउनु पर्छ,’ उनले भने ।
विश्वमा कम्युनिष्टहरू समाप्त भइसकेको बखत काँग्रेसको संरक्षणका कारण नेपालमा कम्युनिष्ट जन्मिएको उनले बताए । उनले भने, ‘२०४६ सालको आन्दोलनमा तपाईहरु वैशाखी टेकेर आउनु भयो, हामीले तपाईहरुलाई स्थापित ग-यौँ, जबकि विश्वभर कम्युनिजम समाप्त भइसकेको छ, तर नेपालमा काँग्रेसको सहयोगमा जन्मियो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीसँग एडीबीका उपाध्यक्षको शिष्टाचार भेट
-
अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबिच दुई सम्झौतामा हस्ताक्षर
-
प्रभु साह नेतृत्वको आजपा र समाजवादी जनएकता पाटीबिच एकता हुने
-
‘ठुल्दिदी’ निर्देशन गर्दै प्रज्ञा
-
कास्कीमा सवारी दुर्घटना : तीन महिनामा १३ जनाको मृत्यु
-
भयावह बन्दै आगलागी : हप्तामा एक हजार स्थानमा डढेलो, ३ वर्षमा ३२४ ले ज्यान गुमाए