शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरामा सम्पन्न टाइगर कप भलिवलमा १९ लाख बचत

शनिबार, १५ फागुन २०७७, १९ : ०९
शनिबार, १५ फागुन २०७७

पोखरा । पोखरामा टाइगर ग्रुपको आयोजनामा सम्पन्न भएको टाइगर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताबाट १९ लाख बचत भएको छ। माघ २७ देखि फागुन १ गतेसम्म पोखरा रंगशालामा भएको प्रतियोगितामा सवै खर्च कटाएर १९ लाख ३० हजार ४१ रुपैयाँ बचत भएको हो ।

प्रतियोगितामा ५४ लाख, ४१ हजार ८ सय ३५ रुपैयाँ आम्दानी भएको टाइगर ग्रुपका अध्यक्ष नारायण शर्माले जानकारी दिए । उनका अनुसार त्यसमध्ये ३५ लाख ११ हजार ७ सय ९४ रुपैयाँ खर्च भएको र १९ लाख ३० हजार ४१ रुपैयाँ बचत भएको छ । 

प्रतियोगितामा गण्डकी प्रदेश सरकारले १ लाख ५० हजार, राष्ट्रिय खेलकुद परिषद्ले १ लाख, पोखरा महानगरपालिकाले १ लाख, अन्नपुर्ण गाउँपालिकाले १ लाख सहयोग गरेको थियो । प्रतियोगितामा टिकट बिक्रीबाट १० लाख ५५ हजार रुपैयाँ आम्दानी भएको छ । क्लबले टिकट बिक्रीका लागि दोश्रो पक्षलाई जिम्मा दिएको थियो । 

भलिबल प्रतियोगितामा टिकट बिक्रीबाट यति धेरै रकम संकलन भएको पहिलो हो । प्रतियोगिताको फाइनलमा मात्रै ७ लाख ८० हजारको टिकट विक्री भएको अध्यक्ष शर्माले बताए । 

प्रतियोगिताबाट बचत रकम सामाजिक र भलिबल क्षेत्रमा खर्च गरिने उनले बताए । ग्रुपले प्रतियोगिताबाट बचत भएको रकम मध्ये बागलुङ बडिगाड गाउँपालिकाका एक अशक्त परिवारलाई ५० हजार रुपैयाँ सहयोग गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप