ad
केन्द्रीय संस्करण

अवैध रूपमा जडिबुटी बोकेको मिनीट्रक प्रहरी नियन्त्रणमा

person explore access_timeफागुन १५, २०७७ chat_bubble_outline0

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले जडीबुटी लिएर कोहलपुर जाँदै गरेको एउटा मिनीट्रक नियन्त्रणमा लिएको  छ । 
जडिबुटी निकासी अनुमतिभन्दा धेरै र रुट परमिट भन्दा अलग बाटोबाट जडीबुटी ओसार–पोसार गरेको भन्दै प्रहरीले वीरेन्द्रनगरको सुब्बा कुनाबाट भे १ ख ३०१० नम्बरको ट्रक नियन्त्रणमा लिएको हो । 
ट्रकमा पाँच टन बराबरको जडीबुटी रहेको प्रहरीले जनाएको छ । जडीबुटी जाजरकोटको जुनिचाँदे गाउँपालिका–१ पातिकान्लाका जयबहादुर कार्कीले बाँकेको कोहलपुर नगरपालिका–१० मन्नापुरको एसपी हर्बल प्रालिलाई विक्री गर्नका लागि पठाईएको हो । गाडीले रुट परमिट विपरीत जडिबुटी ओसार–पोसार गरेकाले पनि प्रहरीले शंकाको आधारमा नियन्त्रणमा लिएको जनाएको छ । 
उक्त, गाडीलाई जाजरकोट–सल्यान सुर्खेत छिन्चु हुँदै कोहलपुर नेपालगञ्ज सम्मका लागि रुट परमिट दिइएको छ । यद्यपी, गाडीले रुट परमिट विपरित जाजरकोटदेखि, दैलेखको रानिमत्ता–सुर्खेत वीरेन्द्रनगर हुँदै सुब्बा कुनाबाट कोहलपुर जान लागेको हो । रुट परमिट मिचेर फरक बाटोबाट जडीबुटी ओसार–पोसार गरेको हुनाले पनि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.