शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

'रुमाल' लिएर आए कमल खनाल

शनिबार, १५ फागुन २०७७, १५ : ४९
शनिबार, १५ फागुन २०७७

गायक तथा सर्जक कमल खनालको शब्द र संगीत रहेको 'रुमाल' बोलको गीत सार्वजनिक भएको छ । सो गीत गायिका अन्जु पन्त र गायक तथा सर्जक कमल खनालको स्वरमा शुक्रबार सार्बजनिक भएको हो । 

गीतको म्युजिक भिडियोमा अभिनय पल शाह र गरिमा शर्माले गरेका छन् । सो गीतको भिडियो निर्देशन तथा कोरियोग्राफी प्रकाश भट्टले गरेका हुन् ।

यो गीतमा संगीत संयोजन कमल सौरागको रहेको छ भने स्मृति शाही र पुष्पा बोहराले गीतमा समुह गायन गरी साथ दिएका छन् । प्रिजम डिजिटलमा रेकर्ड गरिएको गीतको अडियोलाई श्यामश्वेत रसाइलीले मिक्सिङ गरेका हुन् ।

यस गीतको म्यूजिक भिडियोलाई नवराज उप्रेतीले छायाँकन गरेका छन् भने विष्णु शर्माले सम्पादन गरेका छन् । भिडियोमा अमर सुनारले असिस्टेन्ट कोरियोग्राफी गरेका छन् । श्याम मल्ल र अनिता ग्वाछाको श्रृंगार रहेको भिडियोलाई साई भिजनले पोस्ट प्रोडक्सन गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप