सागका दोहोरो स्वर्णधारी मन्डेकाजी सम्मानित
चुच्चेपाटीस्थित मनास्लु वर्ल्ड कलेजले दक्षिण एशियाली खेलकुद प्रतियोगिताका दोहोरो स्वर्णधारी मण्डेकाजी श्रेष्ठलाई सम्मान गरेको छ । कराँते खेलाडी मन्डेकाजी श्रेष्ठले २०७६ साल मंसिरमा नेपालमै भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा दोहोरो स्वर्ण जितेका थिए ।
सागको एकै संस्करणमा कराँतेमा दुई स्वर्ण जित्ने मन्डे एकमात्रै खेलाडी हुन् ।
मनास्लुले कक्षा ११ मा भर्ना भएका विद्यार्थीको स्वागतमा चुच्चेपाटीस्थित स्मार्ट प्यालेस एन्ड इभेन्टमा आयोजित बृहत सांस्कृतिक कार्यक्रममा मन्डेसहित विभिन्न क्षेत्रमा योगदान पु¥याएकालाई सम्मान गरिएको हो । सो अवसरमा सञ्चारकर्मी ऋषि धमला, युवा सामाजिक अभियन्ता शिशिर भण्डारी र राजेन्द्र लुइँटेललाई पनि सम्मान गरिएको थियो ।
उनीहरुलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई, मनास्लुका अध्यक्ष गेन्द्र लामा, मनास्लुका प्रिन्सिपल राजन श्रेष्ठले एक कार्यक्रमबीच खादा, दोसल्ला र प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।
अध्यक्ष लामाले मनास्लुले खेलकुदलाई विशेष प्राथमिकतामा राखेको बताउदै राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान सागर थापालाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको जानकारी दिए । उनले विभिन्न खेलका करिब ५५ खेलाडीलाई मनास्लुले प्लस २ अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्रदान गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगो निभाउने क्रममा जलेर महिलाको मृत्यु
-
राज्य व्यवस्था समितिमा नेपाली सेना : ‘फास्ट ट्रयाक’का २ वटा सुरुङमार्ग २ महिनाभित्र ‘ब्रेक थ्रु’ हुने
-
इलाममा करेन्ट लागेर एक जनाको मृत्यु
-
एसीसी प्रिमियर कप : तेस्रो स्थानका लागि नेपाल र हङकङ भिड्ने
-
स्वास्थ्य मन्त्रालयले कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारबाही गर्ने
-
केन्द्रीय चिडियाखानामा विद्युतीय सवारी, तस्बिरहरू