शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

के आतंककारीको निशानामा थिए मुकेश अम्बानी ? प्रहरीले गरेनन् अस्विकार

शनिबार, १५ फागुन २०७७, १४ : ३४
शनिबार, १५ फागुन २०७७

भारतका उद्योगपति मुकेश अम्बानीको घर बाहिर स्कोर्पियोमा भेटिएको बिस्फोटक मामिलामा मुम्बईको क्राइम ब्रान्चसहित एनआईएको समूहले अनुसन्धान गरिरहेको छ । क्राइम ब्रान्चका प्रमुख मिलिन्द भारंबेले यो मामिलामा आफूहरुले आतंकवादीको कोणबाट पनि अनुसन्धान गरिरहेको जानकारी दिए । 
मुम्बई क्राइम ब्रान्चले स्कोर्पियोका मालिक हिरेन हसमुख हिरेन मसुखसँग सोधपुछ गरिरहेको छ । हिरेन मनसुखको गाडी केही दिन अघि विक्रोली इलाकाबाट चोरी भएको थियो । यसै कारमा जिलेटिनका छड बरामद गरिएको थियो । 


कुनै पनि समूहले जिम्मेवारी लिएको छैनः

मुम्बई प्रहरीका एक वरिष्ठ प्रहरी अधिकारीले भने, ‘साधारणतया जब कोही आतंककारी समूह यस्ता मामिलामा संलग्न हुन्छन् उनीहरुले यस्ता कुराको जिम्मेवारी लिन्छन् । यद्यपि, यो घण्टा भएको धेरै घण्टा बितिसकेको छ तर अहिलेसम्म कसैले पनि घटनाको जिम्मेवारी लिएका छैनन् ।’

उनले भने, ‘तरपनि यसमा आतंककारी संगठनको संलग्न छैन भनेर भन्नु गलत हुनेछ । ’

उनका अनुसार साढे दुई किलो तौलको २० जिलेटिनको  छड कारबाट बरामद गरिएको थियो । 

दोस्रो कारको खोजीः

प्रहरीका अनुसार यो घटनामा संलग्न अर्को इनोवा कारको पनि खोजी गरिँदै छ । यो कार पनि अम्बानीको घरसम्म आएको थियो । इनोवा कारमा पनि नक्कली नम्बर प्लेट राखिएको थियो, यसको पहिचान गर्न बाँकी नै छ ।
यो इनोवा कार राती करिब ३ बजे मुम्बईको मुलुन्ड टोलतर्फ अघि बढेको छ । यो पूरा घटना सीसीटीभीमा रेकर्ड भएको छ । 

स्कोर्पियोका मालिक क्राइम ब्रान्च पुगेः

उद्योगपति मुकेश अम्बानीको घर नजिकै भेटिएको स्कोर्पियोका मालिकको पहिचान गरी क्राइम ब्रान्चको टीमले सोधपुछ गरिरहेको छ । प्रहरीका अनुसार कार केही वर्ष अघि चोरी भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप