शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नक्कली इमेल मामिलामा बयान दर्ता गर्न कमिश्नर अफिस पुगे ऋतिक रोशन

शनिबार, १५ फागुन २०७७, १३ : ५०
शनिबार, १५ फागुन २०७७

अभिनेता ऋतिक रोशन मुम्बई पुलिस कमिश्नरको अफिस पुगेका छन् । 

समाचार एजेन्सी एएनआईका अनुसार मुम्बई प्रहरी क्राइम ब्रान्चको युनिटले नक्कली इमेल आइडी मामिलामा सन् २०१६ को ऊजुरीको सिलसिलामा बयान दर्ता गर्नका लागि उनलाई पत्र पठाएको थियो । 

वास्तवमा सन् २०१६ मा ऋतिक रोशनले एक ऊजुरी दर्ता गरेका थिए जसमा उनले कसैले उनको नक्कली आइडी बनाएर कंगनासँग कुरा गरिरहेको थियो । 

जानकारीका अनुसार अनुसन्धानको क्रममा कंगना र उनकी बहिनीसँग पनि सोधपुछ गरिएको थियो । सन् २०२० मा यो मुद्दा क्राइम ब्रान्चको क्राइम इन्टेलिजेन्स युनिटलाई ट्रान्सफर गरिएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप