ad
केन्द्रीय संस्करण

बेलायतमा संक्रमण दर घट्दै, ४० वर्ष माथिकालाई खोप दिने तयारी

person explore access_timeफागुन १५, २०७७ chat_bubble_outline0

लन्डन । सन् २०२१ को सुरुबाटै बेलायतमा उच्च रहेको कोरोना संक्रमणदर न्यून हुँदै गएको पछिल्लो तथ्यांकले देखाएको छ । यद्धपी मृत्युदर भने अझै  कम नभएको  बताइएको छ । शुक्रबार सार्वजनिक तथ्याँकअनुसार पछिल्लो २४ घन्टामा थप ३४५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

विज्ञहरुका अनुसार हाल जारी लकडाउन र खोप वितरणमा गरिएको तीव्रताका कारण दैनिक मृत्युदरमा कमी आएको बताइएको छ । यससँगै बेलायतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख २२ हजार ४१५ पुगेको ‘डिपार्टमेन्ट अफ सोसल केयर’ ले जानकारी दिएको छ ।

यसैगरी बेलायतमा पछिल्लो २४ घन्टामा ८ हजार ५२३ जना नयाँ संक्रमित थपिएका छन् । थपिएका नयाँ संक्रमितसँगै  बेलायतमा कोरोना संक्रमितको संख्या ४१ लाख ६३ हजार ८५ पुगेको छ । लकडाउनका कडा प्रतिबन्धका कारण नयाँ संक्रमित दरमा दैनिक ६ प्रतिशतले ह्रास आएको अधिकारीहरुले बताएका छन् । हाल बेलायतको संक्रमण मापन (आर) को दर ०.६ देखि ०.९ को बीचमा रहेको छ । इङ्ग्ल्याण्डको राष्ट्रिय तथ्याँकको कार्यालय (ओएनएस) को  तथ्याँकले  कोरोना भाइरसको  लेवल निरन्तर घट्दै गएको देखाएको हो । हालको संक्रमण दर गत वर्ष अक्टोबरमा जस्तै समान रहेको तथ्याँकले देखाएको छ ।

अस्पतालमा संक्रमितको चाप अझै उच्च रहेपनि यो संख्या निरन्तर ओरालो लाग्दै गएको छ ।  संक्रमणलाई नियन्त्रण गर्न अझै पनि निरन्तर सावधानी अपनाउन अनुरोध गरिएको छ । बेलायतका अस्पतालमा उपचार गरिरहेका कोरोना संक्रमितको संख्या पनि निरन्तर घात्दै गइरहेको छ । अस्पतालमा उपचारार्थ कोरोना संक्रमितको संख्या घटेर १५ हजार ४८५ मा झरेको छ । यसैगरी भेन्टिलेटर बेडमा उपचार गर्नेको संख्या पनि दुई हजार ४७ पुगेको छ ।

झन्डै दुई करोड खोप वितरण 

बेलायतमा हालसम्म झन्डै दुई करोड डोज भ्याक्सिन वितरण भैसकेको छ । शुक्रबारको तथ्याँक अनुसार खोपको पहिलो तथा दोस्रो डोज लगाउनेको कुल संख्या एक करोड ९९ लाख नाघेको छ । कोरोना विरुद्धको खोप अभियान शुरु भएयता बेलायतमा एक करोड ९१ लाख ७७  हजार ५५५  जनाले कोरोना विरुद्धको खोपको पहिलो डोज लिएका छन् । यसैगरी ७ लाख ३६ हजार ३७  जनाले खोपको दोस्रो डोज लिएका छन् ।

कोरोना संक्रमणलाई  नियन्त्रण गर्नको लागि सरकारले खोपलाई थप प्रभावकारी बनाउन चाडै ४० वर्ष उमेर पुगेकालाई पनि खोप वितरण गरिने बताएको छ । सरकारले क्रमशः ४०–४९ वर्ष, ३०–३९ वर्ष र १८–२९ वर्ष उमेरका मानिसहरुलाई खोपको प्राथामिकतामा राखेको छ । जसमध्ये पुरुष, ब्ल्याक, एसियन र अल्पसंख्यक जातीय समूदायका मानिसहरुलाई भने अफर आउनसाथ तत्कालै खोप लगाउन अनुरोध गरिएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.