शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अज्ञात रोगका कारण जयपृथ्वी नगरपालिकाका दुई वडा प्रभावित

शुक्रबार, १४ फागुन २०७७, २२ : ५१
शुक्रबार, १४ फागुन २०७७

बझाङ । अज्ञात रोगका कारण जयपृथ्वी नगरपालिकाका दुई वटा  वडाका नागरिक प्रभावित भएका छन् । नगरपालिकाको वडा नं। ८ स्थित जोशी गाउँ र वडा नं। १० स्थित दमदुर, कुलाली गाउँका नागरिकमा करीब एक हप्तादेखि पहिचान हुन नसकेको रोगका कारण त्रास उत्पन्न  भएको स्थानीयवासी उमाकान्त जोशीले बताए । उनका अनुसार प्रायः गाउँमा बृद्ध र बालबालिकामा यस्तो समस्या देखिने गरेको पाइएको छ । साथै बिरामीमा ज्वरो आउने, रिङ्गटा र वाकवाकी लाग्ने, खाना नरुच्नेजस्ता लक्षण देखिएको छ ।

रोगको पहिचान हुन नसकेपछि स्थानीयवासीले आफुसँग अनुमानका भरमा औषधि सेवन गर्न थालेका छन् । जिल्ला अस्पताल सिमखेतका प्रमुख डा.सन्दीप ओखेडाले मौसम परिवर्तनका कारणले पनि यस्ता लक्षणहरु देखापरेको हुनसक्ने बताउनुभयो । उहाँले असहज परिस्थिति भएमा तुरुन्त नजिकैको स्वास्थ्य कार्यालय तथा जिल्ला अस्पताल आउन आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप