बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

विकासको बाधक राजनीतिक अस्थिरता : मन्त्री साह

शुक्रबार, १४ फागुन २०७७, २१ : ३८
शुक्रबार, १४ फागुन २०७७

सहरी विकासमन्त्री प्रभु साहले विकासको मुख्य बाधक भ्रष्टाचार र राजनीतिक अस्थिरता भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कै वर्तमान सरकारलाई ढाल्ने चलखेल गरेको आरोप लगाए । 

नेकपा छिपहरमाई गाउँपालिका कमिटीले आज आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा मन्त्री साहले जनमतको अपमान गर्दै राष्ट्रलाई अस्थिरतामा धकेल्नेले जनतासमक्ष माफी माग्नुपर्ने तर्क गरे ।

मन्त्री साहले धार्मिक अस्था र सुविचार आउने थालोको रुपमा चिनिने प्रदेश नं २ को अस्थायी राजधानी जनकपुर प्रदेश सरकारका कारण बदनाम हुँदै गएको आरोप लगाए । उनले पहिले जनकपुर आस्था, सुविचार धर्मको कारणले चिनिने भए पनि पछिल्लो कालखण्डमा त्यसो नभएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप