शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अवधि नपुग्दै हुम्ला र जुम्लाका डिएसपी फेरिए

शुक्रबार, १४ फागुन २०७७, २१ : ३१
शुक्रबार, १४ फागुन २०७७

काठमाडौं । प्रहरी प्रधान कार्यालयले हुम्ला र जुम्लाका प्रहरी नायव उपरीक्षक (डिएसपी)लाई परिवर्तन गरेको छ ।

हुम्लाको इन्चार्जबाट डिएसपी सूर्य प्रकाश सुवेदीलाई ८ महिनामा सरुवा गरिएको छ । शुक्रबार उनलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको हो । सुवेदी असारमा हुम्ला गएका थिए ।

जुम्लामा डिएसपी माधव प्रसाद काफ्लेलाई पाँच महिना पुरा नहुँदै त्यहाँबाट सरुवा गरिएको छ । काफ्ले असोजमा जुम्ला गएका थिए । दरबन्दीमा एक वर्ष काम गर्न पाउने नियम भएपनि प्रहरी प्रधान कार्यालयले उनीहरुलाई अवधि नपुग्दै सरुवा गरेको छ ।

जुम्लामा दानबहादुर थापा र हुम्लामा हेरम्ब शर्मालाई पठाइएको छ । हुम्ला र जुम्लाका डीएसपीलाई अवधि नपुग्दै परिवर्तन गर्नुको कारण आफूलाई थाहा नभएको कर्णाली प्रदेश प्रहरी कार्यालयका डिआइजी बसन्त पन्तले बताए ।

रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘प्रहरी प्रधान कार्यालयले सरुवा गरेको हुनाले त्यसबारे मलाई थाहा भएन ।’

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले शुक्रबार १८ जना डिएसपीको सरुवा गरेका छन् । युएन मिसन पुरा गरेर फर्केकाहरूलाई विभिन्न युनिटमा काम गर्नेगरी खटाइएको छ ।

डिएसपी इन्द्र बहादुर रानालाई चितवनस्थित ईलाका प्रहरी कार्यालय रत्ननगर टाँडीमा सरुवा गरिएको छ ।

महानगरीय अपराध महाशाखामा लोकनाथ तिम्सिना (प्यासी) र मनोजित कुँवरलाई सरुवा गरिएको छ । संघीयतामा जाने सहमतिपछि अपराध महाशाखाको नाम फेरेर नेपाल प्रहरी अपराध अनुसन्धान कार्यालय राखिएको छ । अपराध अनुसन्धान कार्यालय भक्तपुरमा तिम्सिना र बौद्धमा कुँवरलाई पठाईएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप